back
CTIZAN AD

नसर्ने रोगका विरामीको खोजी गर्दै पालिका

वि.सं.२०८१ फागुन २८ बुधवार

723 

shares

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ । अस्वास्थ्य खानपान तथा जीवनशैलाका कारण नसर्ने रोग बढ्ने सम्भावनालाई ध्यानमा राख्दै रोगको न्यूनिकरण तथा रोकथामको लागि गाउँपालिकाले खोजी थालेको हो ।

गाउँपालिकाले अहिले कार्यक्रम नै सञ्चालन गरेर स्थानीयको घर/घरमा पुगेर दीर्घरागीको खोजीसँगै पहिचान गरिरहेको पौवादुङमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्ययले जानकारी दिए । गाउँपालिकाका ३० वर्ष माथीका सम्पूर्ण नागरिकको स्वास्थ्य परिक्षण भइरहेको उनले बताए । हालसम्म सात सय जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको उनको भनाइ छ ।

“हामीले नसर्ने रोगहरुको पहिचान तथा खोजी गरिरहेका छ” शाखा प्रमुख दाहालले भने,“तीन वटा वडाका सात सय जनाको स्वास्थ्य परिक्षण सम्पन्न गरेका छौँ । यहाँका ३० वर्ष माथीका एक हजार सात सय जनाको स्वास्थ्य परिक्षण गरेर रोगको खोजी गर्ने हाम्रो लक्ष्य छ ।”
हालसम्मको परिक्षणमा यहाँका करिव १५ प्रतिशत नागरिक नसर्ने दीर्घरोगको जोखिममा देखिएको उनले जानकारी दिए । परीक्षणका क्रममा १० जनामा मिगौला समस्या र १५ जनामा महुमेहको लक्ष्य देखिएकाले उनीलाई उपचारको लागि बाहिरका अस्पतालमा पठाइएको शाखा प्रमुख दाहालले बताए ।

कार्यक्रममार्फत उच्चरक्त चाप, मिर्गौला, मधुमेह, मोटोपनका कारण लाग्ने रोगका लागि उचाई अनुसारको तौलको परिक्षण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । विशेषज्ञ डाक्टररुको उपस्थितिमा ल्याव परिक्षण गरेर नै नागरिकको स्वास्थ्य जाँच भईरहेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।“नसर्ने रोगका कारण मावन स्वास्थ्यमा पु¥याउने क्षतिको न्यूनिकरणको लागि हामीले त्यस्ता रोगीहरुको खोजी गरिरहेका छौँ” उनले भने,“हामीले सानो सावधानी अपनाउन सकेको खण्डमा यस्ता रोगबाट बच्न सकिन्छ । नागरिकलाई सचेतनासँगै नसर्ने रोगको अवस्थाको जानकारी लिन रोगीहरुको खोजी थालेका हौँ । कतिपय मानिसहरुले रोग लुकाएर बस्दा अकालमा ज्यान पनि जान सक्छ । समयमा नै रोग पहिचान, उपचार पद्धती र सजक गराउनका लागि यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

अस्वास्थ्यकर खानपिन र जीवनशैलीका कारण वषेर्नी नसर्ने दिर्घरोगको विरामी बढ्दै गएकाले समयमा नै रोगको पहिचान, रोगथाम तथा बच्ने उपायको विषयमा नागरिकलाई सचेत गराउने उद्धेश्यले कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । योजनाबद्ध रुपमा स्वास्थ्यका अन्य नियमित कार्यक्रम सञ्चालन भईरहेको भएपनि नसर्ने दिर्घरोगको रोकथाम तथा न्यूनिकरणको लागि नागरिकको स्वास्थ्य परिक्षणको काम भईरहेको अध्यक्ष राईले जानकारी दिए । “मानवको स्वास्थ्य नै धन हो”उनले भने,“हाम्रो सानो अवसावधिका कारण ठूलो रोगको सिकार बन्नु परेको अवस्था पनि छ । नसर्ने रोगको तत्काल लक्षण नदेखिने भएकाले बेलैमा रोगको पहिचान र उपचारको प्रक्रिया अघि बढाउन विरामीको खोजी थालेका हौँ । समयमा नै दिर्घ रोगको पहिचान गरेर रोकथाम तथा बच्ने उपायको विषय जानकारी गराउन अभियान सञ्चालन गरेका हौँ ।”

नागरिकलाई स्वास्थ्य खानपानमा जोड्न आयातित पेय पदार्थको विक्री वितरणमा कडाई गरिएको अध्यक्ष राईले बताए । गाउँपालिकाले नागरिकलाई पोषणुयक्त खानपानमा प्रोत्साहन गर्न उन्नत जातका गाई, भैंसी वितरण गरिरहेकोसमेत अध्यक्ष राईले बताए । गाउँघरमा पाउने अर्गानिक बस्तुको खानपिन तथा नियमित व्यामले नागरिकलाई स्वास्थ्य रहन मद्धत गर्ने उनको भनाइ छ । “हामीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”अध्यक्ष राईले भने,“मानव स्वास्थ्यमा असर गर्ने खालका पेय पदार्थको बिक्री वितरणमा कडाई गरिरहेका छौँ । बाह्य पेय पदार्थको विकल्पमा दहि,महि प्रयोग गर्न नागरिकलाई आग्रह गरिरहेका छौँ । पोषणसँगै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले स्थानीय कृषकलाई यो वर्ष मात्र ८० वटा उन्नत जात गाई वितरण गरेका छौँ ।”

बालवालिका, गर्भवती, सुत्केरी तथा बृद्धाबृद्धको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँपालिकाले पोषण तथा स्वास्थ्यको क्षेत्रमा विभिन्न खालका काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । नागरिकलाई अर्गानिक(जैविक) खेती प्रणालीमा जोड्न महिला विकास वोर्डमार्फत गड्यौला बनाउने, प्राङगारिक मल बनाउनेलगायतका कार्यक्रमसमेत सञ्चालन भइरहेको उपाध्यक्ष राईले जानकारी दिइन् । “हामीले स्वास्थ्यकर कृषि उत्पादनमा जोड दिएका छौँ” उनले भनिन्, “रसायनिक मलको प्रयोगका कारण पनि धेरै किसिमका रोग लाग्ने भएकोले स्वास्थ्यकर कृषि उत्पादनमा जोड दिएका हौँ । कृषकलाई जैविक खेती प्रणाली लाग्न आवश्यक प्रोत्साहनसँगै सचेनाका कार्यसमेत गरिरहेका छौँ ।” रासस/सांकेतिक फोटो

वि.सं.२०८१ फागुन २८ बुधवार १२:०४ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...