back
CTIZAN AD

गण्डकीमा काष्ठफल तथा फलफूलखेती विस्तार

वि.सं.२०८१ फागुन २८ बुधवार

687 

shares

गण्डकी । गण्डकी प्रदेशअन्तर्गत दश जिल्लाका ३४ स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनामार्फत फलफूल बगैँचा विस्तारको काम अगाडि बढेको छ ।

नेपाल सरकार र एसियाली विकास बैंकको अनुदान सहयोगमा दुई वर्षअघि उक्त आयोजना सञ्चालनमा आएको थियो । हालसम्म दुई सय ४२ हेक्टर क्षेत्रफलमा फलफूल बगैँचा विस्तारका लागि सम्झौता भई काम सुरु भएको प्रदेश कृषि विकास निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलले जानकारी दिए ।

उहाँका अनुसार सन् २०२९ भित्र १० जिल्लामा गरी दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा पहाडी काष्ठफल तथा फलफूलखेती विस्तार गर्ने लक्ष्य लिइएको छ । “पहाडी भेगमा एकैठाउँमा ठूलो जग्गा व्यवस्थापन गर्न सहज नभएकाले आयोजनामा प्रस्ताव कम परिरहेको छ, सूचनामार्फत आवदेन माग गर्ने गरिएको छ”, उनले भने, “न्यूनतम २० रोपनी जग्गा भएको समूह, सहकारी या कृषि फार्मले आवदेन दिन मिल्छ छ ।” फलफूल खेतीका लागि बीउबीजन, सिँचाइ, यान्त्रीकरण आदिमा ५० प्रतिशत अनुदान दिने गरिएको कृषि अर्थविज्ञ पौडेलले बताउनुभो ।

निर्देशनालयले आयोजना कार्यान्वयनका लागि छुट्टै कार्यविधि बनाएको छ । नवलपुरबाहेक प्रदेशका सबै जिल्लामा यो कार्यक्रम सञ्चालित छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा स्याउखेतीका लागि अनुदान उपलब्ध गराइएको निर्देशनालयले जनाएको छ । अन्य जिल्लामा सुन्तला, कागती, किवी, ओखर, एभोकाडोलगायतका फलफूलखेती विस्तार भइरहेको छ । “कार्यविधिअनुसार मापदण्ड पु¥याएर आउने कृषि समूह, सहकारी र कृषि फार्मले अनुदान पाउँछन्, यस आयोजनामा प्रतिस्पर्धाबाट छनोट हुनुपर्ने अवस्था छैन, मापदण्ड पुग्ने सबै समेटिन्छन”, कृषि अर्थविज्ञ पौडेलले भने ।

न्यूनतम २० रोपनीदेखि बढीमा पाँच सय रोपनी क्षेत्रफलसम्म खेती गर्नेलाई अनुदान दिने प्रावधान रहेको छ । क्षेत्रफल र फलफूल बालीअनुसार अनुदान फरकफरक रहेको निर्देशनालयले जनाएको छ । बागवानी क्षेत्र व्यवस्थापनसँगै किसानलाई व्यावसायिक फलफूलखेतीतर्फ आकर्षिक गर्न यस कार्यक्रमले मद्दत पुग्ने विश्वास लिइएको छ । पहाडी क्षेत्रमा दश प्रजातिका फलफूल बालीको विकास तथा विस्तार गर्ने उद्देश्यले गण्डकीसहित पाँच प्रदेशका ३४ जिल्लामा सरकारले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

 

वि.सं.२०८१ फागुन २८ बुधवार १२:०४ मा प्रकाशित

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

उपत्यकाको सवारी जाम खुलाउने गुरुयोजना सार्वजनिक

काठमाडौँ । काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप, ट्राफिक जाम र...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...