back
CTIZAN AD

पद्मोदय माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८१ फागुन २८ बुधवार

705 

shares

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको पुराना हाइस्कुलमध्ये रहेको रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालयका ७९औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीको प्रमुख आथित्यमा भएको वार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक डा शर्मिला पोखरेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

विसं २००३ मा स्थापित पद्मोदय माध्यमिक विद्यालयमा हाल एक हजार ४०० छात्राछात्रा अध्ययनरत रहेको प्रधानाध्यापक पोखरेलले जानकारी दिए । गत वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षामा ६० विद्यार्थी सहभागी रहेकामा शतप्रतिशत नतिजा हासिल गरेको थियो ।

हाल कक्षा १० मा ८३ जना विद्यार्थी अध्ययनरत छन् भने कक्षा ११ र १२ मा गरी लगभग ७०० विद्यार्थीले विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायमा अध्ययन गरिरहेको जानकारी दिइयो । विद्यालयका हरेक कक्षामा छात्राको तुलनामा छात्रको सङ्ख्या बढी रहेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा मुलुकको शिक्षाको उन्नयनमा विशिष्ट योगदान पु¥याउनु हुने ज्ञानोदय माध्यमिक विद्यायका पूर्वप्रधानाध्यापक नातिकाजी महर्जनलाई पनि सम्मान गरियो ।

त्यसअवसरमा विद्यालयद्वारा प्रकाशित वार्षिक स्मारक पद्मपुष्प विमोचन गरियो । कार्यक्रममा २५ वर्ष सेवा पु¥याउने १० शिक्षक÷शिक्षिकलाई दीर्घसेवा पदक तथा विभिन्न जेहनदार विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा प्रदेशमन्त्री खड्गी, विद्यालय सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद अगस्ती, पूर्वविद्यार्थी हेमन्त खरेललगायतले देशको शिक्षा क्षेत्रको विकासमा उक्त विद्यालयले योगदानको चर्चा गरे ।

विद्यालयबाट उत्पादित जनशक्ति मुलुकको राजनीति, कर्मचारीतन्त्र र समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको जानकारी दिइयो ।

 

वि.सं.२०८१ फागुन २८ बुधवार १७:४० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...