back
CTIZAN AD

दरखोलामा मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण

वि.सं.२०८१ फागुन २९ बिहीवार

516 

shares

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित दरखोलामा तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुुरु भएको छ ।

मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गत जेठ महिनामा रु. दुई करोड ३१ लख ३६ हजार सात सय ५० मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले मुनातर्फको जिप निर्माण सकेको र दरतर्फ अन्तिम चरणमा पु¥याएको छ ।

पचास प्रतिशत निर्माण सकिएको यो पुलबाट धवलागिरी.–३ र ४ मा पर्ने एक हजार दुई सय घरपरिवारका साथै धौलागिरी चक्रीय पदमार्गमा जाने पर्यटकहरु लाभान्वित हुने धवलागिरी–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताए ।

दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दालाई गाउँपालिकाको केन्द्र मुना आउन जान तीस मिनेट घुमाउरो र उकालो बाटो पाँच मिनेटमा छोटिने उनले बताए । यसैगरी दर गाउँका विद्यार्थीहरुलाई मुनाको धवलागिरि र फलीयागाउँको धनजनता माविमा आउन जान पनि सहज हुने भएको छ ।

विसं२०८२ को मंसिर महिनासम्मको म्याद भएपनि यसै आर्थिक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने तयारीका साथ काम भइरहेको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले बताए ।

वि.सं.२०८१ फागुन २९ बिहीवार १७:१२ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...