back
CTIZAN AD

फागुपूर्णिमा तथा तोरन्ल जोगाउन धनुषवाण प्रतियोगिता

वि.सं.२०८१ फागुन २९ बिहीवार

477 

shares

मुस्ताङ । थासाङ गाउँपालिका–४ घाँसामा आजदेखि धनुषवाण प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाले थकाली समुदायको संस्कृति जोगाउने उद्देश्यले फागुपूर्णिमा तथा तोरन्ल पर्वका अवसरमा धनुषवाण प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

हिमाली क्षेत्रको इतिहास र संस्कृतिसँग जोडिएको धनुषवाण खेललाई संरक्षण, सम्वद्र्धन एवं पुस्तान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले प्रदीप गौचनले बताए ।

थासाङ थकाली समुदायहरुको उद्गमस्थलका रुपमा परिचित छ । यहाँका थकाली समुदायले मनाउँदै आएको तोरन्ल पर्वलाई गाउँपालिकाले यसै वर्षदेखि प्रतियोगिताका रुपमा मनाउन लागेको हो । गाउँपालिकाले धनुषवाण खेललाई यस वर्ष पालिका खेलकुदमा सूचीकृत गरिसकेको छ ।

प्रतियोगिताको प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले उद्घाटन गरे । उनले थकाली समुदाय थातथलो थासाङमा यसप्रकारको प्रतियोगिता आयोजना हुँदा संस्कृति र परम्परा जोगाउन सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो । सांसद थकालीले थाकसातसय क्षेत्रको मुखिया प्रथा, त्यसको अगुवाको मिरमुखिया, परम्परागत धनुषवाण खेल यस समुदायको सम्पत्ति रहेको बताए । “थकालीको महान पर्व तोरन्ल हो, यसपर्वमा फागुपूर्णिमा पनि जोडिन्छ, यस पर्वमा पनि सरकारले सार्वजनिक बिदा दिनुपर्छ”, उनले भने ।

प्रतियोगितामा ११ गाउँका युवा सहभागी रहेको खेल संयोजक एवं थासाङ–४ का वडाध्यक्ष नरेन्द्र शेरचनले जानकारी दिनुभयो । प्रतियोगितामा सादा धनुषवाण प्रतियोगिता र आधुनिक आर्चरी प्रतियोगिता गरी दुई विधामा खेल आयोजना हुने संयोजक शेरचनले बताए ।

त्यसअवसरमा गाउँपालिकाले सामाजिक योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । थासाङ गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि तीन रोपनी जग्गादान गर्ने थासाङ–४ का जीवन शेरचन र विपना शेरचन, झिप्रा देउरालीस्थित स्वास्थ्य चौकी भवन निर्माणका लागि दुई रोपनी जग्गादान गर्ने सुकबहादुर परियार र सन्तमाया परियार र पर्यटक र तीर्थालुलाई सहयोग गर्ने शेरचन थासाङ–२ नाउरीकोटका इन्द्रसिंह शेरचनलाई पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । बेनी–जोमसोम सडकका सुपरभाइजर शेरचन छ वर्षदेखि निरन्तर काम गर्दै आएका छन् ।

त्यसअवसरमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, न्यायाधिवक्ता देवेन्द्र आचार्य, थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घका अध्यक्ष कृष्णकुमार शेरचन, नेपाल आर्चरी सङ्घका केन्द्रीय सचिव योगेन्द्र शेरचन, गाउँपालिका अध्यक्ष प्रदीप गौचन, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, वडाध्यक्ष नरेन्द्र शेरचन, थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले फागुपूर्णिमा तथा थकाली तोरन्ल पर्वका अवसरमा शुभकामना व्यक्त गरे ।

वि.सं.२०८१ फागुन २९ बिहीवार १८:१६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...