back
CTIZAN AD

कार्यालयद्वारा सुरक्षाकर्मीलाई डढेलो नियन्त्रणका सामग्री हस्तान्तरण

वि.सं.२०८१ चैत १ शुक्रवार

699 

shares

गाईघाट (उदयपुर) । डढेलो लाग्नसक्ने जोखिमलाई मध्यनजर गर्दै त्यसको पूर्वतयारीस्वरुप नेपाली सेना र प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय उदयपुर गाईघाटले पशुपति गण नेपाली सेना, ५ नम्बर सशस्त्र प्रहरी गण र जिल्ला प्रहरीलाई डढेलो नियन्त्रणमा प्रयोग हुने उपकरण हस्तान्तरण गरिएको कार्यालयका प्रमुख सञ्जीवराज ढकालले बताए ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले फायर ¥याक, जम्प सुट, फायर साबेल, ब्याकवाटर पम्पलगायतका सामग्री हस्तान्तरण गरिएको बताए । जिल्लामा प्रत्येक वर्ष वनक्षेत्रमा आगलागी हुने गरेको छ ।

जिल्लामा तीन सय ३७ भन्दाबढी सामुदायिक वन र बेलका नगरपालिकाको बेलकातरीमा राष्ट्रिय वन क्षेत्र छ । औसतमा प्रत्येक वर्ष ४० हेक्टरदेखि एक सय ६० हेक्टरसम्म वनमा डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।रासस /फाइल फोटो

वि.सं.२०८१ चैत १ शुक्रवार १४:२४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...