
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
हिजो सोमबार प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ७५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रुपैयाँ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
वि.सं.२०८१ चैत ५ मंगलवार १२:१५ मा प्रकाशित