back

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

वि.सं.२०८१ चैत ६ बुधवार

117 

shares
GLOBAL IME AD
NTC AD

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको सन्धिखर्क नगरपालिकामा सीपमूलक तालिम सुरु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यस्थलमा आधारित सीप, क्षमता विकास र जीवन उपयोगीसम्बन्धी ५० दिनसम्म ‘प्लम्बिङ’ तालिम सुरु भएको हो ।

आज यहाँ आयोजित एक समारोहका बीच सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले तालिमको उद्घाटन गर्नुभयो । तालिममा १२ वटा वडाका ४० जना सूचीकृत बेरोजगारमध्ये अधिकांश महिला रहेका उनले बताए ।

बेरोजगारलाई स्वरोजगार र उद्यमी बनाउने, युवालाई रोजगारीका अवसर सृजना गरी वैदेशिक रोजगारीमा जान रोक्नेलगायत बजारको माग अनुसार दक्ष जनशक्ति तयार पार्न यो तालिम आयोजना गरिएको नगरप्रमुख श्रेष्ठले बताए । विदेशपलायन भइरहेका युवायुवतीलाई स्वदेशमा रोजगारीका अवसर सृजना गर्न सकियोस् भनेर यो तालिम आयोजना गरिएको उनकोे भनाइ छ ।

बेरोजगारलाई उद्यमशीलतातर्फ उन्मुख गराउन, स्वरोजगार बनाउन र विदेश हुने पलायनदर रोक्न सङ्घीय र प्रदेश सरकार तथा सबै पालिकाले यस्ता सीप तथा रोजगारमूलक तालिम आयोजना गर्न जरुरी रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए ।

कार्यक्रममा सन्धिखर्क–१ का वडाध्यक्ष माधव श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष पदमबहादुर भुसालसहित स्थानीय तहका कर्मचारी तथा प्रतिनिधि, तालिममा सहभागी हुनेलगायतको उपस्थिति थियो ।

 

वि.सं.२०८१ चैत ६ बुधवार १६:१० मा प्रकाशित

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

देश विकासका लागि युवा एकतामा जोड

देश विकासका लागि युवा एकतामा जोड

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने...

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’

काठमाडौँ । आज १८औँ लोकतन्त्र दिवस । नेपाली जनताको जीत...

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्ने

गण्डकी । कतिपय पात्र र प्रवृत्तिमा खोट रहेपनि लोकतन्त्रको विकल्प...