back
CTIZAN AD

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

वि.सं.२०८१ चैत ६ बुधवार

489 

shares

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको सन्धिखर्क नगरपालिकामा सीपमूलक तालिम सुरु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यस्थलमा आधारित सीप, क्षमता विकास र जीवन उपयोगीसम्बन्धी ५० दिनसम्म ‘प्लम्बिङ’ तालिम सुरु भएको हो ।

आज यहाँ आयोजित एक समारोहका बीच सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले तालिमको उद्घाटन गर्नुभयो । तालिममा १२ वटा वडाका ४० जना सूचीकृत बेरोजगारमध्ये अधिकांश महिला रहेका उनले बताए ।

बेरोजगारलाई स्वरोजगार र उद्यमी बनाउने, युवालाई रोजगारीका अवसर सृजना गरी वैदेशिक रोजगारीमा जान रोक्नेलगायत बजारको माग अनुसार दक्ष जनशक्ति तयार पार्न यो तालिम आयोजना गरिएको नगरप्रमुख श्रेष्ठले बताए । विदेशपलायन भइरहेका युवायुवतीलाई स्वदेशमा रोजगारीका अवसर सृजना गर्न सकियोस् भनेर यो तालिम आयोजना गरिएको उनकोे भनाइ छ ।

बेरोजगारलाई उद्यमशीलतातर्फ उन्मुख गराउन, स्वरोजगार बनाउन र विदेश हुने पलायनदर रोक्न सङ्घीय र प्रदेश सरकार तथा सबै पालिकाले यस्ता सीप तथा रोजगारमूलक तालिम आयोजना गर्न जरुरी रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए ।

कार्यक्रममा सन्धिखर्क–१ का वडाध्यक्ष माधव श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष पदमबहादुर भुसालसहित स्थानीय तहका कर्मचारी तथा प्रतिनिधि, तालिममा सहभागी हुनेलगायतको उपस्थिति थियो ।

 

वि.सं.२०८१ चैत ६ बुधवार १६:१० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...