back
CTIZAN AD

यी कम्पनीको लिलामी शेयर भर्ने आज अन्तिम दिन

वि.सं.२०८१ चैत १० आइतवार

582 

shares

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको यी पाँच ओटा कम्पनीको वटा कम्पनीको १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ ।

नागरिक लगानी कोष
एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सीआईटीको ५० हजार कित्ता लिलामीमा निकालेको थियो । सीआईटीको ६९६ रुपैयाँ पर्ने छ भने जस्मा बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

सूर्योदय वोमी लघुवित्त
एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त ५९ हजार ६० कित्ता लिलामीको लागि निकालेको थियो । सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २६९ रुपैयाँे रहेको छ । लघुवित्तको न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

सूर्यज्योति लाइफ
एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५० हजार कित्ता लिलामीको लागि निकालेको छ । सूर्यज्योति लाइफको मूसल्य १५९ रुपैयाँ रहेको छ भने यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

निफ्रा
एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको निफ्राको सेयर आज लिलामी निकालेको छ भने निफ्राले १० लाख कित्ता लिलामीमा निकालेको छ । कम्पनीले १०५
रुपैयाँमा निकालेको हो । लगानी कर्ताले यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

जीवन विकास लघुवित्त
एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको जीवन विकास लघुवित्त २ लाख ८७ हजार ८४२ लिलामीमा निकालेको हो । लघुवित्तले प्रतिकित्ता ५४० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा भने न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।

सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौंको थापाथली ट्रेड टावरस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

वि.सं.२०८१ चैत १० आइतवार १०:५६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...