back
CTIZAN AD

जिल्ला अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सुरु

वि.सं.२०८१ चैत १० आइतवार

750 

shares

रसुवा । रसुवा जिल्ला अस्पतालले शुक्रबारदेखि एपेन्डिसाइटिसको शल्यक्रिया सुरू गरेको छ ।

‘निक्स साइमन इन्स्टिच्युट’ नामक गैह्र सरकारी संस्थाको सहयोगमा डा सुनीलकुमार दास नेतृत्वको स्वास्थ्य टोलीले आमाछोदिङ्मो–३ गतलाङका ३८ वर्षीय निमा छिरिङ लामाको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।

सो संस्थाले विशेषज्ञ चिकित्सक उपलब्ध गराएपछि स्थानीयस्तरमै एपिन्डिसाइटिसको शल्यक्रिया सम्भव भएको रसुवा अस्पतालले स्पष्ट गरेको छ । रसुवा जिल्ला अस्पतालले सोही संस्थाको सहयोगमा १८ जना महिलाको सफलतापूर्वक शल्यक्रिया गरी बच्चा पैदा गराएको जनाएको छ ।

विशेषगरी सुत्केरी हुन नसकेका गर्भवती र खप्नै नसक्नेगरी पेट दुख्ने समस्याबाट पीडित बिरामीलाई एपिन्डिसाइटिसको शल्यक्रिया गर्नुपर्ने डा दासले बताए ।

‘बुस्कोपान’ नामक दुखाई कम गर्ने ‘इन्जेक्सन’ दिइ काठमाडौँ पठाउने गरेकामा स्थानीय अस्पतालमै आवश्यक दक्ष जनशक्तिसहित उपकरणको व्यवस्था भएसँगै शल्यक्रियासम्मको सुविधा उपलब्ध हुन थालेपछि रसुवावासीको खुशीको सीमा नरहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

यसैगरी पाठेघरको नलीमा गर्भ बस्न गई जोखिममा परेकी २८ वर्षीया एक महिलालाई पनि गत शुक्रबार नै सफलतापूर्वक शल्यक्रिया गरिएको रसुवा अस्पतालले जनाएको छ । रासस/फाइल फोटो

 

वि.सं.२०८१ चैत १० आइतवार १५:२० मा प्रकाशित

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

जापानिज इन्सेफलाइटिस के हो र सुरक्षित कसरी हुने ?

पछिल्ला दिनहरुमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण...

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

पशुपति मृगस्थलीमा योग, ध्यान तथा साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

काठमाडाैँ ।  पशुपतिनाथ मन्दिर परिसरस्थित मृगस्थलीमा योग, ध्यान तथा साउन्ड...

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

विशाल मिलन वैज्ञानिक योगको परोपकारी कामः फरक क्षमताका व्यक्तिलाई भोजनसहित टी–सर्ट वितरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हालै दर्ता भएको विशाल...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...