back
CTIZAN AD

स्याङ्जामा भ्यान दुर्घटना हुँदा एकको मृत्यु

वि.सं.२०८१ चैत ११ सोमवार

633 

shares

स्याङ्जा । जिल्लाको वालिङ् नगरपालिका–६, माझकोटमा विङ्गर भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । चालक भने घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीका अनुसार वालिङ् नगरपालिका–७ हिलापानी बस्ने ४८ वर्षीया दिलसरा आलेको घटननास्थलमै मृत्यु भएको हो ।

दुर्घटना पश्चात् फरार चालक २८ वर्षीय सुरज थापा घाइते अवस्थामा फेला परेकोमा प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको तिवारीले जनाए ।

आइतबार सबेरै करिब ३ बजे वालिङ्–चापाकोट भित्री सडकखण्डमा ग १ ज ७५११ नम्बरको भ्यान सडकबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।

वि.सं.२०८१ चैत ११ सोमवार १२:१९ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...