
स्याङ्जा । स्याङ्जामा कालीगण्डकी नदीमा हाम फालेका एक पुरुष बेपत्ता भएका छन् । पाल्पाको रामपुर नगरपालिका–१० कुमाल टोल बस्ने वर्ष ५८ का मेघनाथ कुमाल आइतबार दिउँसो करिब २ बजे कालीगण्डकी नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी उपरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।
वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेकी छोरीलाई सामान पठाउन भनी घरबाट हिँडेका कुमाल निर्धारित स्थानमा नपुगी चापाकोट नगरपालिका–१ तेउनास स्थित किनारबाट कालीगण्डकी नदीमा हाम फालेको सूचना अधिकारी तिवारीले बताए ।
तिवारीका अनुसार जंगलमा बाख्रा चराउन गएकी कुमालको श्रीमतीले श्रीमान नदीमा हाम फालेको देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् । कुमालको इलाका प्रहरी चापाकोट स्याङ्जाबाट खटिएकाे प्रहरी टोलीले खोजी कार्य जारी राखेको छ ।
वि.सं.२०८१ चैत ११ सोमवार १२:५० मा प्रकाशित