back
CTIZAN AD

कालीगण्डकीमा हाम फालेका एक पुरुष बेपत्ता

वि.सं.२०८१ चैत ११ सोमवार

2K 

shares

स्याङ्जा । स्याङ्जामा कालीगण्डकी नदीमा हाम फालेका एक पुरुष बेपत्ता भएका छन् । पाल्पाको रामपुर नगरपालिका–१० कुमाल टोल बस्ने वर्ष ५८ का मेघनाथ कुमाल आइतबार दिउँसो करिब २ बजे कालीगण्डकी नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी उपरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।

वैदेशिक रोजगारीको सिलसिलामा बाहिर रहेकी छोरीलाई सामान पठाउन भनी घरबाट हिँडेका कुमाल निर्धारित स्थानमा नपुगी चापाकोट नगरपालिका–१ तेउनास स्थित किनारबाट कालीगण्डकी नदीमा हाम फालेको सूचना अधिकारी तिवारीले बताए ।

तिवारीका अनुसार जंगलमा बाख्रा चराउन गएकी कुमालको श्रीमतीले श्रीमान नदीमा हाम फालेको देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् । कुमालको इलाका प्रहरी चापाकोट स्याङ्जाबाट खटिएकाे प्रहरी टोलीले खोजी कार्य जारी राखेको छ ।

वि.सं.२०८१ चैत ११ सोमवार १२:५० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...