
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले पेस गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर भएको रिटमा उनले कार्यकारी निर्देशकमा पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन् ।
घिसिङले गैर कानुनी रूपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै बुधवार रिट निवेदन पेस गरेका दिएका थिए । उक्त रिट आज मात्रै दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ । शुक्रवार उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।
वि.सं.२०८१ चैत १४ बिहीवार १४:१३ मा प्रकाशित