back
CTIZAN AD

बोआओ फोरमको वार्षिक सम्मेलन सुरु

वि.सं.२०८१ चैत १४ बिहीवार

843 

shares

हाइनान(चीन) । एसियाका लागि बोआओ फोरम (बिएफए) को वार्षिक सम्मेलन २०२५ चीनको हाइनान प्रान्तको बोआओमा बिहीबार सुरु भएको छ ।

सन् २००१ मा स्थापित बिएफए एक गैर–सरकारी र गैर–नाफामूलक अन्तर्राष्ट्रिय संस्था हो । यो क्षेत्रीय आर्थिक एकीकरणलाई वृद्वि गर्दै एसियाली देशहरूको विकासको लागि प्रतिबद्ध छ । मार्च २५ देखि २८ सम्म चल्ने यस वर्षको सम्मेलनको विषयवस्तु ‘परिवर्तनशील विश्वमा साझा भविष्यतर्फ एसिया’ भन्ने रहेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै चिनियाँ उपप्रधानमन्त्री डिङ सुयाङले विगत एक दशकमा साझा भविष्यका साथ एसियाली समुदाय निर्माणमा उल्लेखनीय प्रगति भएको बताएका छन् ।

चीन र आसियानले रणनीतिक साझेदारी स्थापना गरी क्षेत्रीय आर्थिक साझेदारी लागु भएको उनले बताए । क्षेत्रीय आर्थिक एकीकरण सुदृढ भएको र विश्व अर्थतन्त्रमा एसियाको हिस्सा निरन्तर बढ्दै गएको उनले बताएका छन् ।

डिङले विश्वव्यापी चुनौतिहरूलाई सम्बोधन गर्न, एसियाली समुदाय निर्माण गर्न र एसियालगायत अन्य सम्बन्धित क्षेत्रको राम्रो भविष्य सिर्जना गर्न संयुक्त प्रयासको आह्वान गर्दै विश्वको बढ्दो अस्थिरता र अनिश्चिततालाई समेत उद्धृत गरेका छन् । सिन्ह्वा

वि.सं.२०८१ चैत १४ बिहीवार १५:२६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...