काठमाडौँ । काठमाडौँको तीनकुने क्षेत्रमा केहि समय कफ्र्यु लाग्ने भएको छ ।
राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले माइकिङ गर्दै अब केही बेरमा कफ्र्यु लाग्ने सूचना दिएका छन् ।
राजावादी प्रदर्शनकारीले अराजक बढाउदै गएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ । तर उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा आक्रमण प्रयास गरिरहेका छन् ।
वि.सं.२०८१ चैत १५ शुक्रवार १६:११ मा प्रकाशित





























