काठमाडौं । राजावादीहरु उग्र शैलीमा उत्रिएसँगै काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । तिनकुने क्षेत्रसँगै काठमाडौँका अन्य पाँच क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कफ्र्यु आदेश जारी गरेको हो । कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

वि.सं.२०८१ चैत १५ शुक्रवार १६:३३ मा प्रकाशित





























