काठमाडौं । आज भएको गणतन्त्रवादीतर्फ समाजवादी मोर्चाको प्रदर्शनमा करिब ३५ हजार मानिस उपस्थित भएको थिए ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार समाजवादी मोर्चाको भृकुटिमण्डपमा करिब ३५ हजार सहभागी भएको ।
त्यसैगरी राजावादीले गरेको तीनकुनेको प्रदर्शनमा भने करिब ४ देखि ५ हजार व्यक्ति आएको बताए ।
समाजवादी मोर्चाको आन्दोलन निकै शान्त हुँदा राजावादीको आन्दोलन भने हिंसात्मक बनेको थियो । आन्दोलनमा एक पत्रकार र एक प्रदर्शनकारीको मृत्यु समेत भएको थियो ।
वि.सं.२०८१ चैत १५ शुक्रवार २०:४९ मा प्रकाशित






























