back
CTIZAN AD

गजल

वि.सं.२०८१ चैत १६ शनिवार

876 

shares

उत्तम विचार, नुवाकोट

तिमी तीव्र हावा म शीतल छहारी
हुँदा भेट हाम्रो हिँड्यौ पात झारी

लुकाएर सामानको मूल्य तोक्छन्
भएसम्म सर्वत्र काला बजारी

लगाएर उर्दी बसेकोछ ट्राफिक
सडकमाछ चल्दै बडाको सवारी

अझै भेद जारीछ मान्छेहरूमा
धनी बाँच्छ खाई गरिब आँत मारी

ग¥यो कर्म जस्तो त्यही धर्म बन्छ
चटक गर्नमा व्यस्त हुन्छन् मदारी

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२

वि.सं.२०८१ चैत १६ शनिवार ०९:१० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...