back
CTIZAN AD

कविता : उठौँ है नेपाली

वि.सं.२०८१ चैत १६ शनिवार

804 

shares

घनश्याम पौडेल, पोखरा

यताका नेताका चटचट गला रेट्दिन सकौँ
कि झन्डा ओढाएर शहिद भनी भेट्दिन सकौँ।
हिजो भन्दा वेशी सहन अति नै मुश्किल भयो
गर्थ्यौ पैले जे दिनदिन झनै बञ्चित रह्यो ।१।

खुशी छैनन् कोही रतिभर यिनै शासकसँग
भिडेकै हौ भिड्छौँ असहज परे बाधकसँग ।
उखेलेथ्यौ राणा कुलघरनियाँ आसन पनि
डटेथ्यौँ ऊ बेला विपरित हुँदा मासन भनी ।२।

खुबीवाला हैनन् परिचित थियौ रक्षकसँग
डराइन्थ्यौ थोरै हृदय नहुने भक्षकसँग।।
हुलै बाँधी जाने डर भर बिना बन्दुकसित
थियो खत्रा धेरै शहरतिरका फन्टुससित ।३।

पठायौँ हामीले मनमत दिई हुन्छ कि भनी
मिलाएछन् घाँटी रिपुजनसँगै लम्पट बनी ।
लडेथ्यौँ छातीमा रगत बहने त्यो पल भरि
धकेलेथ्यौँ वैरी उस समयमा आपद परी ।४।

उठौँ है नेपाली सुजन अब योअन्तिम घडी
अबेला भै सक्यो अब त नउठे चल्दछ छडी ।
पठाएथ्यौँ छानी खुब असलका मानिस भनी
असन्तोषी निस्के कपुतजन ती माहुर बनी ।५।

गला जोडी खाने महलतिर यी आपस मिली
बिरोधी झैँ बन्दा तलतिर यिनै हुन्छ फिलिली ।
कुचेष्टा गर्दैछन् तर पनि अझै भोटर अघि
हुने छैनौँ भेडा जति सरल या हुल्लड अति ।६।

छन्द : शिखरिणी
गण : य म न स भ ल गु
सङ्केत : lSS – SSS – lll – llS – Sll – l – S

वि.सं.२०८१ चैत १६ शनिवार ०९:०७ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...