back
CTIZAN AD

कविता : वृद्ध चिन्तन

वि.सं.२०८१ चैत १६ शनिवार

654 

shares

कविराज घिमिरे, चाँगुनारायण, भक्तपुर

भावना वृद्धका छन् मिठा जो जहाँ
लम्किने छन् सुधा जोसिला सिर्जना
उड्दछन् बालुवा पात वा पत्कर
पग्लिने छन् ठुला शाल्मली पत्थर ।।१

वृद्धका हातमा शारदा लम्किँदा
बन्दछन् हात ती वृद्धका चम्किला
काव्यका मूलमा सिञ्चिँदै आँकुरा
फक्रिँदै बढ्दछन् बैँसका स्रग्धरा।।२

जो बने वृद्ध नै शुन्यता भित्रका
बन्दछन् नाशवान् ती स्वयम् मित्रका
पाहिए वृद्धमा सिर्जना शाश्वत
जाग्दछन् झिस्मिसे पार्दछन् निर्भय ।।३

फाल्दछन् भित्रका घातकी कण्टक
पार्दछन् बालका पोषिला मस्तक
वृद्धका साथ हून् कर्मका साधना
फुल्दछन् मस्किँदै पुष्प ती बागमा ।।४

भन्दछन् वृद्धमा सिर्जना मर्दछ
यो कुरा हो झुटा शक्ति झन् बढ्दछ
हुन्न चिन्ता कुनै साधना पुग्दछ
बोझ हुन्नन् त्यहाँ आलसी लुक्तछ ।।५

छन्द – स्रग्विणी
गण – र र र र
सङ्केत – SlS – SlS – SlS – SlS

वि.सं.२०८१ चैत १६ शनिवार ०९:३१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...