back
CTIZAN AD

कविता : मान्छे

वि.सं.२०८१ चैत १६ शनिवार

816 

shares

के.पी.पौडेल जस्ताघरे
विदुर न.पा.–४, बट्टार,नुवाकोट
हाल बालाजु काठमाडौं

नौलो क्रान्ति भनेर मानिसहरू, भेला गरायौ किन ?।
उम्दा शक्ति भला युवा र युवती, होम्यौ तिमीले किन ?।।
त्यो आन्दोलनमा लिएर जनता, गर्थ्यौ खुबै गर्जन ।
निर्धा मानिस जीर्णका गरिबका, को सुन्छ खै क्रन्दन ?।।–१

हाँक्यौ युद्ध हिजो विना नियमको, मान्छे बिलाए कति ।
विद्रोही जन राज्य शक्ति सबले, मुर्दा बनाए कति ।।
छन् धेरै थलमा अपाङ्ग निमुखा, छन् युद्धका कारण ।
गर्थ्यौ तारिफ वीरका रगतको, दिन्थ्यौ कडा भाषण ।।–२

लड्थ्यौ युद्ध विधानको विधि विना, मास्यौ हजारौँ जन ।
हालै शासक धूर्त जोकर हुँदा, खोक्रो भयो जीवन ।।
आगोतुल्य करालका भय बन्यो, सर्वत्र पीडा छ यो ।
हाम्रा सन्ततिका विशाल सपना, हावा हुरीझैँ भयो ।।–३

धर्ती मातृ समान हुन् यदि भने, लात्ती उठायौ किन ?।
मान्छे देव समान हुन् यदि भने,बन्छौ खराबी किन ?।।
मार्यौ काल बनेर मानिसहरू, नाच्छौ धरामा खुबै ।
उम्दा कानुन न्यायको नियमको, घाँटी निमोठ्छौ अझै ।।–४

मान्छेका अपराधका कदमले, पीडा बढ्यो देशमा ।
धम्की धाक दिँदै उदण्ड मतिका, छन् कंसका भेषमा ।।
उम्दा कानुन संविधान विधिको, छौ माथि आफू सधैँ ।
भन्छौ दण्ड मिलोस् यहाँ गरिबका, आवास भत्कोस् सबै ।।–५

सत्ता शासन शक्ति मान पदको, त्यो भागबन्डा गरी ।
सक्नेले बहुतै लुटे लुटिलिए, देऊ निया हे हरि ।।
मान्छेका मनतन्त्रको नियतको, कस्तो छ खै बन्धन ।
के नाप्यो गणतन्त्रले मुलुकमा, छायो निराशापन।।–६

छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
गण सङ्केत :SSS – llS – lSl – llS – SSl – SSl – S

वि.सं.२०८१ चैत १६ शनिवार ०९:४६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...