back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८१ चैत १६ शनिवार

1.2K 

shares

शशीश्री आचार्य
बौद्ध कुमारीगाल, काठमाडौँ

१.
जसको चरित्र खोटो
उसकै हुन्छ आयु
अत्यधिक लामो मोटो ।

२.
कता जाँदैछ समाज ?
धरातल बिर्से आफ्नो
छैन यिनलाई लाज ।

३.
लाजले भुतुक्कै भएँ
आफ्नो मायालाई देखेर
खुसीले मात्तिँदै गएँ ।

४.
जिन्दगी कस्तो कस्तो
धनीको महङ्गो साह्रै
गरिबको चाहिँ सस्तो ।

५.
तिमीले मलाई चाहेनौ
मैले चाहेको तिमी
भावना बुझेर आएनौ ।

६.
नारी पुरुष बराबर
नहोस् सिमित नारामा
व्यवहारमै लागु गर ।

७.
सारा बन्धन तोडेर
आउने छु तिमीसँगै
आफन्त सबै छोडेर ।

८.
कवितामा भावना पोखौँ
सुन्दर अक्षर जोडेर
अञ्जुलीमा शब्द जोखौँ ।

९.
मन शान्त रहोस्
दूर रहुन् चिन्ता
जोस जाँगर बढोस् ।

१०.
नारीले मान्दिनन् हार
कठिन कार्य पनि
सजिलै लाउँछिन् पार ।

वि.सं.२०८१ चैत १६ शनिवार ०९:५० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...