back
CTIZAN AD

सभामुखले संसद्मा धवल शमशेर पक्राउको सूचना दिने

वि.सं.२०८१ चैत १७ आइतवार

1K 

shares
काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबरा पक्राउ परेको सूचना संसद्लाई सुनाउने भएका छन् ।
आइतबार संसद्मा उनी पक्राउ परेको सूचना सुनाइनेछ । जबरा गत शुक्रवार राति पक्राउ परेका हुन् । राजवादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएको थियो । त्यसमा संलग्न रहेको आरोपमा जबरा पक्राउ परेका हुन् ।
जबरा पक्राउ परेको सूचना यसअघि नै प्रहरीले संसद् सचिवालयमा पठाएको थियो । संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ ।
यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद् सचिवालयलाई दिएको हो ।
यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले संसद्मा जानकारी दिनुपर्छ । यसअनुसार सभामुखले जानकारी दिन लागेका हुन् ।

वि.सं.२०८१ चैत १७ आइतवार १२:११ मा प्रकाशित

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...