back

गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र नै हो

वि.सं.२०८१ चैत १७ आइतवार

2.5K 

shares
GLOBAL IME AD
NTC AD

समाज कुवामा जमेको पानी जस्तो भयो भने त्यहाँ फोहरमैला जम्मा हुन्छ र यो मानव स्वस्थ्यमा रोगको कारक तत्व बन्न पुग्दछ । राजनीतिक प्रणाली पनि एउटा गतिशील व्यवस्था भएको हुँदा निश्चित वहुसंख्यक समाजिक वर्गको आवश्यक्ता र प्राथमिकता अनुसार चल्न सकेन भने त्यहाँ विद्रोह हुन्छ । यो समाज विज्ञानको नियम हो । अहिले नेपालमा चलेको आन्दोलन राजसंस्था फर्काउने भन्दा पनि वर्तमान राजनीतिक दलका नेताप्रतिको वितृष्णा, कुशासन, चरम भ्रष्टाचार, विधिको शासनको कमी, आसेपासेवाद, रोजगारीको अभाव, सार्वजनिक सेवा प्रवाह चुष्त तथा दुरुस्त नहुनु आदि हुन् ।

वैचारिक अस्पष्टता, अराजक, अनुशासनहीनता, पश्चगामी र क्षिणिक स्वार्थमा रमाउने भीड जहिल्यै पनि ध्वङसात्मक क्रियाकलाप तिर नै उन्मूख भएको हुन्छ । सचेत, अग्रगामी, सिद्धान्तनिष्ट, अनुशासीत र लोकतन्त्रप्रति समर्पित जनसमुदायको आन्दोलन शान्त, धर्यवान, र सभ्य हुन्छ । यो हामी सबैले आँखा अगाडि नै देखेकै कुरा हो । लोकतन्त्र प्रगतिशील राजनीतिक व्यवस्था हो । यो प्रणालीले जन निर्वाचित प्रतिनिधीमार्फत समाजमा उत्पन्न समस्या समाधान गर्दै अगाडि बढ्दछ । त्यसैले लोकतन्त्रको विकल्प अझ उन्नत, प्रगतिशील, समावेशी र अग्रगामी लोकतन्त्रीक प्रणाली नै हो भन्ने कुरामा सङ्रका छैन । वर्तमान नेपाली राजनीतिक परिदृश्य हेर्दा जुन तरलता महसुस हुन्छ, यसको सही व्यवस्थापन र निकास पनि लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै हुन सक्छ ।

मानवको ऐतिहासिक विकासक्रम केलाएर हेर्दा के पाइन्छ भने हजारौँ वर्षपछिबाट उनीहरूको विकाससँगै व्यवस्थापनको विषय पनि सँगसँगै जोडिएर आउन थाल्यो । परिवारको उत्पति भयो र एउटा संस्थाको रुपमा विकास भयो । परिवारमा बस्ने सभ्यताको खोजी हुन थाल्यो । परिवारसँगै साना साना समुदाय निर्माण हुन थाल्यो । सहकार्यको संस्कृति बस्न थाल्यो । समुदायबिचको सम्बन्ध निर्माण हुनु थाल्यो । उनीहरूका बिचको सम्बन्धलाई कसिलो बनाउने क्रममा केही आचारसंहिता बने । एवंरीतले समाज सञ्चालनका नियम बन्न थाले । नियम क्रिर्यान्वयनका तौर तरीकाहरुपनि बन्दै गए । यो ढङ्गले समाज अहिलेको अवस्थासम्म आइपुगेको छ । यो लामो शंघर्ष र यसको अनुभवपछि नै लोकतान्त्रिक संस्कृति निर्माण हुँदै आएको देखिन्छ । त्यो संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुुँदै गयो र अझ अभ्यासद्वारा परिष्कृत बन्दै आउँदा आजहामी यहाँसम्म आइपुगेका छौँ । समाज गतिशील भएकोले यो समय र परिस्थिति अनुसार बदलिदै जान्छ । लोकतन्त्रले सधैँ सापेक्षित बहसको माग गर्दछ । बहसबाटै थप परिस्कृत बन्न सकिन्छ । आजको विडम्बना के छ भने हाम्रो समाजमा लोकतान्त्रीक गणतन्त्रको पक्षमा जति बहस हुनुपर्ने हो, त्यति हुन नसकेकै हो । समाज कुवामा जमेको पानी जस्तो भयो भने त्यहाँ फोहरमैला जम्मा हुन्छ र यो मानव स्वस्थ्यमा रोगको कारक तत्व बन्न पुग्दछ । राजनीतिक प्रणाली पनि एउटा गतिशील व्यवस्था भएको हुँदा निश्चित वहुसंख्यक समाजिक वर्गको आवश्यक्ता र प्राथमिकता अनुसार चल्न सकेन भने त्यहाँ विद्रोह हुन्छ । यो समाज विज्ञानको नियम हो । अहिले नेपालमा चलेको आन्दोलन राजसंस्था फर्काउने भन्दा पनि वर्तमान राजनीतिक दलका नेताप्रतिको वितृष्णा, कुशासन, चरम भ्रष्टाचार, विधिको शासनको कमी, आसेपासेवाद, रोजगारीको अभाव, सार्वजनिक सेवा प्रवाह चुष्त तथा दुरुस्त नहुनु आदि हुन् ।

वि.सं. २०८१ चैत्र १५ गते तीनकुनेमा भएको ‘राजावादीको आन्दोलन’ राजालाई गद्दीमा फर्काउने मूलमन्त्र बोकेको समूह मूलतः अराजनीतिक, अमानवीय र असंवेदनशील मनोविज्ञानबाट निर्देशित रहेको देखियो । यसले ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउने होइन बरु उनको बचेखुचेको साख र सम्मानलाई पनि ध्वस्त बनाउने बाटो तिर उन्मुख छ ।

राजावादी आन्दोलनको चरित्र
वि.सं. २०८१ चैत्र १५ गते तीनकुनेमा भएको ‘राजावादीको आन्दोलन’ राजालाई गद्दीमा फर्काउने मूलमन्त्र बोकेको समूह मूलतः अराजनीतिक, अमानवीय र असंवेदनशील मनोविज्ञानबाट निर्देशित रहेको देखियो । यसले ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउने होइन बरु उनको बचेखुचेको साख र सम्मानलाई पनि ध्वस्त बनाउने बाटो तिर उन्मुख छ । राजावादीको प्रदर्शनको सूचना संकलन गर्न कार्य क्षेत्रमा खटिएका व्यावसायिक पत्रकारसहित दुई जना यो आततायी विध्वंसका सिकार बने भने कैयौं व्यक्ति घाइते भए । ‘सन्चो’ लगायतका औषधि बनाउने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा आगो लगाएर ध्वंस गरियो  । अत्यन्तै प्रज्वलनशील इन्धनको डिपो रहेको अन्तर्राष्ट्रिय विमानस्थलभित्र आगो फ्याँकियो  । कान्तिपुर टीभीको कार्यालयमा योजनाबद्ध आक्रमण गरियो भने अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरी आगोसमेत सल्काइयो  । नेपालको राष्ट्रिय झन्डा काँधमा भिरेका व्यक्तिको जत्थाले भाटभटेनी सुपरमार्केटमा लुटपाट ग¥यो । एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड भयो  । निजी तथा सार्वजनिक कार्यालय, गाडी र सम्पत्ति जलाइयो, आगो निभाउन गएको दमकललाई तोडफोड गरेर कर्मचारीलाई कुटियो । राजा फर्काउने सडक आन्दोलनका ठेकेदार बनाइएका दुर्गा प्रसाईंलेप्रहरीलाई सामूहिक रूपमा कुल्चने उत्तेजनासहित गाडी सडकमा दौडाए । यस हदसम्मको वितण्डा मच्चाउने शक्ति कहाँबाट प्राप्त भयो ? राजावादी अभियानले नै प्रसाईंलाई आधिकारिक कमान्डर नियुक्त मात्र गरेको छैन, एक दिनअघि मात्र प्रसाईंले निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रसँगै बसेर योजना बनाएका थिए । आन्दोलनमा खटेका प्रसाईं त फरार भएका छन् तर उनका मूल नाइके ज्ञानेन्द्र शाहलाई यस घटनाको जवाफदेही बनाउनु पर्ने देखिन्छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह जनताको मतबाट निर्वाचित भएर होइन, दुर्गा प्रसाईंजस्ता फौजदारी अपराधमा तारिख धाइरहेका विवादास्पद व्यक्तिको काँध चढेर शासनमा फर्किन चाहन्छन्  । उतिबेला ज्ञानेन्द्र मिडिया हाउसमा सेनाका कर्नेललाई छापा मार्न पठाउँथे, अहिले अराजक जत्थालाई अगुल्टो दिएर सञ्चारगृह, विमानस्थल र औषधि कारखानामा पठाउन थालेका छन्  । यसले आज एक जिम्मेवार नागरिकको रूपमा पनि उनी काम, कर्तव्य र जवाफदेहिताबाट विमुख भएको प्रस्ट हुन्छ । प्रदर्शनका नाममा सार्वजनिक, सरकारी तथा निजी सम्पत्तिमा आगो लगाउने को को हुन् ? तिनलाई उत्तेजित बनाउन अँध्यारो कुनामा को–को सक्रिय छन् भन्ने विषयमा सरकारले गहिरो अध्ययन गरी जवाफदेही बनाउन आवश्यक छ ।

आन्दोलनप्रति विभिन्न संस्था र राजनीतिक दलको प्रतिक्रिया
राष्ट्रिय मानव अधिकार आयोगले तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको उल्लेख गरेको छ। ‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन’ आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’ आयोगले आगामी दिनमा आफ्ना प्रदर्शन र कार्यक्रमहरूलाई शान्तिपूर्ण बनाउन, अधिकारको प्रयोग गर्दा अरूप्रति पर्न जाने असरमा संवेदनशील हुन पनि आग्रह गरेको छ।

आयोगले चारवटा उच्चस्तरीय टोली बनाएर समाजवादी र राजावादीको आन्दोलनको अनुगमन गरेको थियो । अनुगमनको क्रममा राजावादीहरूको आन्दोलन हिंसात्मक देखिएको आयोगले विज्ञप्तिमा जनाएको छ। ‘प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम भएको छ,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा प्रदर्शनकारीले तीनकुनेमा सञ्चारमाध्यम, कलेज तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण हुनुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्रको गाडीमा समेत ढुंगा प्रहार गरेको भेटिएको उल्लेख छ। अनुगमन टोलीमाथि समेत प्रदर्शनकारीहरूबाट आक्रमण भएको जनाएको छ।प्रहरीले व्यक्तिको निजी आवास प्रयोग गरेर अश्रुग्याँस प्रहार गरेको देखिएको भन्दै आयोगले भीड नियन्त्रणका लागि प्रहरीले पानीको फोहोरा र हवाई फायर गरेको पाइएको जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादी प्रतिगामी मण्डलेको अराजकताको पराकाष्ठा देखिएको टिप्पणी गर्नुभएको छ । समाजवादी मोर्चा नेपालले शुक्रबार प्रतिगामी चलखेलविरुद्ध काठमाडौँमा आयोजना गरेको प्रदर्शनपछिको सभामा उहाँले राजावादीले भिडलाई उत्तेजित पारेर आतङ्क सिर्जना गर्न खोजेको बताउनुभयो । उहाँले भन्नुभयो“युद्ध र आन्दोलनबाट खारिएका जनता, सामन्ती सत्ताबाट दमनमा परेका जनता, दलित, महिला, मधेशी, आदिवासी जनजाति प्रतिवादमा उत्रने छन् ।”

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र फर्कने कल्पना नै गर्न नसकिने बताउनुभयो । देशमा कसैले फेरि शाहवंशको शासन ल्याउन खोज्छ भने त्यसले ठुलो मूल्य चुकाउनुपर्ने भन्दै उहाँले प्रतिगामीलाई होसियार बन्न चेतावनी दिनुभएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गणतन्त्रविरुद्ध विदेशी शक्तिसँग सामन्ती तत्वको षड्यन्त्रपूर्ण साँठगाँठ भइरहेको बताउनुभयो । उहाँले ढलेको प्रतिगामी राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिनुभयो ।

 जब गणतन्त्रको नेतृत्वले नायकत्वको विश्वास जोगाउन सक्दैन, तब प्रतिगमनकारी शक्तिहरू राजतन्त्रको छाया खोज्न थाल्छन् । धर्म उनीहरूको बैसाखी बन्छ, निराशा उनीहरूको अस्त्र बन्छ । अभिजात वर्गीय अहंकार र कुण्ठा खुलेर प्रकट हुन थाल्छन् । अहिले देखिएको राजावादीको आन्दोलन ठीक यस्तै चरित्रको छ ।

राजनीतिक विश्लेषक प्रा .डा लोकराज बरालले राजावादी भनिएको प्रदर्शनमा केवल हुलदङ्गा गर्ने जमात ल्याएर अराजकतालाई प्रश्रय दिने काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “२००७ पछि बिपी कोइराला गृहमन्त्री हुनुहुन्थ्यो । त्यतिबेला गोर्खा दल थियो, त्यो दलले भाँडभैलो मच्चाउने गथ्र्यो । अरू राजनीतिक मुद्दा केही छैन । अहिले दुर्गा प्रसाईंको नेतृत्वको प्रदर्शनका सहभागीले पनि भाँडभैलो मच्चाउने, आगजनी गर्ने, अर्काको घरमा ढुङ्गा हान्ने, गाडी जलाउने जस्ता काम गरेको छ । यो कुनै राजनीतिक मुद्दाबाट प्रेरित आन्दोलन होइन ।”उहाँले भन्नुभयो, “गणतन्त्रको पक्षमा अर्को प्रदर्शन पनि देखियो, झन् धेरै नागरिक सहभागी थिए । त्यसले नै जनमत लोकतन्त्र, गणतन्त्रको पक्षमा छ भन्ने देखाउँछ । यस्तो घटना भइरहन्छन् तर उत्तेजित पारेर, मान्छेको ज्यान जाने परिस्थिति बनाएर अराजकता निम्त्याउने परिस्थिति बनाउन खोजेको हो । सरकारले आवश्यक कदम चाल्नु पर्छ ।”प्राडा बरालले अझ थप प्रष्ट पार्नुभयो, “दुर्गा प्रसाईं राजनीतिक मान्छे होइन । प्रदर्शनबारे जानकारी हुँदा पनि राप्रपाका नेता घरमै बसे । दुर्गा प्रसाईंको स्वभाव उग्र, उत्तेजित बनाउने खालको छ । उत्ताउलो कुरा गर्ने, कहिले माओवादी, कहिले एमाले हुने, अहिले राजावादी भएका छन् । अनि प्रसाईंले ल्याएका मान्छे पनि उस्तै रहेछ भन्ने यो प्रदर्शनले पुष्टि गरेको छ ।”

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि संवैधानिक राजतन्त्र फर्काउने नारा दिएर भएको प्रदर्शनले निम्त्याएको अराजकता क्षम्य नहुने बताउनुभयो । कांग्रेस नेता मिन विश्वकर्माले लोकतन्त्रमा आफ्नो पक्षमा समर्थन माग्न पाइने प्रस्ट पार्दै सरकारले दिएको स्थानमा जुलुस र आमसभा नगरेर निषेधाज्ञा तोड्ने र सुरक्षाकर्मीमाथि आक्रमण भएका कारण स्थिति नियन्त्रणबाहिर गएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा आगजनी गर्ने, निजी गाडीमा तोडफोड गर्ने र पसल लुट्ने गरेको हुनाले यो राजनीतिक होइन, नितान्त आपराधिक घटना हो । यो घटना भत्सर्ना गर्न योग्य छ । सरकारले आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाही गर्नु पर्छ ।”

माओवादी उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा, राजसंस्था पक्षधर र पूर्वपञ्चको अराजक प्रदर्शन भएको बताउँदै तत्काल कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नागरिकको सम्पत्तिको सुरक्षा र सार्वजनिक सम्पत्तिको रक्षा गर्नु पर्छ । सरकारले वातावरण बनाउनु पर्छ । निरङ्कुश शासनको वरिपरि बसेर खाइपाइ आएकाले मौका छोपेका छन् । जनस्तरबाटै यसको प्रतिवाद गर्नु पर्छ ।”

खास कुरा के हो भने शिरमा ढाकाटोपी, अनुहारमा चाउरी, जिउमा उमेरको स्वभावजन्य थकानका बावजुद पनि सडकमा उत्रेका ती मानिसले दिने एउटै सन्देश हो, साँच्चै नै देशको राजनीतिक माहोल वर्तमान व्यवस्था र पश्चगमनबीच ध्रुवीकरणतिर गइहाले शहरिया असन्तोषी पश्चगामीहरूले अनुमान गरे जस्तो पश्चगमनको पल्ला भारी हुने अवस्था छैन। किन पनि भने, त्यस हूलमा थुप्रै किशोरकिशोरी पनि थिए जो शहरका केही अन्जान स्कुले केटाकेटी जस्तो ‘राजा आऊ’को आशक्तिमा रनभुल्ल परेका छैनन् । काठमाडौं शहरकै सचेत विद्यार्थी वंशवादले देशलाई अगाडि लैजान नसक्नेमा ढुक्क छन् ।

काठमाडौं तीनकुनेतिर जहाँ चैत १५ गते अर्थात् शुक्रबार पूर्वराजाका समर्थक अर्थात् वंशवादका पक्षपातीहरूले प्रदर्शन गर्ने तोकिएको थियो । ‘सक्रिय राजतन्त्र’ त परै जाओस् ‘२०४७ को संविधान’ वा ‘संवैधानिक राजतन्त्र’ पनि औचित्यहीन, असान्दर्भिक र पश्चगामी प्रस्ताव हो । वंशवादमा आधारित त्यो अभ्यासमा लोकतन्त्रको मूल आत्मा ‘स्वशासन’ नै छैन । लोकतन्त्र केवल दलीय शासन मात्र होइन यो जनताले आफैंले शासन गर्ने अभ्यास हो । हाम्रो लोकतन्त्र गिजोलिएको छ । बिरामी छ । अस्वस्थ छ तर, यसको उपचार यही व्यवस्थामा मात्रै सम्भव हुन्छ।

स्वार्थ समूहको झुण्डमा कस्तो अनुहारका मानिस छन्?

केही मानिस यो पश्चगामी यात्रामा अग्रसर छन् । ती केही मानिसभित्र मूलतः तीनथरी अनुहार देखिन्छन् । पहिलो, ठूलो राजनीतिक महत्वाकांक्षाले आएका तर सफल हुन नसकिरहेकाहरू, जो कुनै वेला गणतन्त्रवादी समेत हुन पुगेका थिए। तर, यो गणतन्त्रमा ‘तुरुन्तै’ आफ्नो महत्वाकांक्षा हासिल नहुने देखेपछि ‘बाटो परिवर्तन’ गरेर पश्चगमनको सारथी भएका छन्, ‘ठूलै नेता’ बन्ने अभिलाषासहित । दोस्रो, नेपाली गणतन्त्रको एक दशकमा भएको कुअभ्यास ‘आसेपासेतन्त्र’को सहउत्पादन जसले गणतन्त्रको दोहन गर्नुसम्म गरेपछि आफ्नो व्यावसायिक स्वार्थ रक्षाका लागि ‘राजतन्त्र’को झण्डा बोकेका छन् । उनीहरूबाट त ‘राजावादी’ नै होशियार हुन जरुरी छ, तिनले कुनै पनि बेला झण्डा फेर्न सक्छन् । तेस्रो, ‘राजतन्त्र’मा राज्यसञ्चालनमा हालीमुहाली गरेर अहिले निवृत्त जिन्दगी बिताउन बाध्य परेकाहरू जो पुराना ‘सुखी’ दिनको ‘स्मृतिदंश’बाट आजित छन् । जसका सन्तानको भविष्य सुनिश्चित छ र जो विगतमा बाँचिरहेछन् । आयुको अन्तिम क्षणमा भए पनि पुराना स्वप्निल दिनको अनुभूतिमा जिन्दगी बिताउन चाहन्छन् । यी तीनै थरी मानिस अहिले यो व्यवस्था कुनै पनि हालतमा नटिकोस् भन्ने चाहन्छन् । कुनै न कुनै रुपमा ‘पूर्वराजा’ राजनीतिक रंगमञ्चमा आइदिए आफूहरू पनि छेउकुनामा कतै अटाउने थियौं भन्ने तिनका अभिलाषा छ। यी सबै स्वार्थहरूको संयुक्त प्रस्तुति हो– ०८१ साल चैत्र १५ गते शुक्रबारको प्रदर्शन। यो कुनै स्वस्थ वैचारिक धारणामा आधारित, देश र जनताको हितमा छैन ।

विश्व परिवेश
बाह्य शक्तिको तुष्टिकरण गरेर पनि आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने अहिले विश्व परिवेश छैन । पछिल्लो तीन चार महिना यताकै अवधिमा पनि विश्व राजनीतिमा केही परिवर्तन आएको छ । धेरै वदलाब भएको छ । अब एकल ध्रुवीय विश्व व्यवस्थालाई कसैले थेग्न सक्ने अवस्था छैन । विश्व बहुध्रुवीय विश्व व्यवस्थामा अग्रसर भइरहेको छ । अहिले नेपालमा जुन गतिविधि भइरहेको छ, त्यो मूलतः नेपालको आफ्नै आन्तरिक मामिला हो । नेपाल र यहाँका राजनीतिक दलले आन्तरिक त्रुटि सच्याउनुपर्छ । दल सञ्चालन, सरकार सञ्चालनको प्रक्रियामा सुधार ल्याउनुपर्छ । नेताहरू सत्तामुखीभन्दा जनतामुखी हुनुपर्छ । यी कुरा नेपाली जनताले बुझेका छन् । अहिलेका नेताहरूले अब यो भुल्नु हुँदैन कि जनता अबुझ छैनन्, उनीहरूका कमजोरी बारेमा पनि जानकार छन् । जनता दक्षिण कोरिया, मलेशिया र खाडी मुलुकमा पसिनामात्र बगाइरहेका छैनन्, विकसित मुलुकका बारेमा पनि जानकार छन् । त्यहाँका विकास र व्यवस्था देखेर नेपाल फर्केका छन् । त्यहाँ देखेका कुरा पनि नेपालमा गर्न सकिन्छ भन्ने जनतामा विश्वास छ तर त्यो वातावरण नदेखेर पनि उनीहरू आक्रोशित भएका छन् । सुशासनका आधार झन् क्षीण हुनु र सत्ताको छिनाझपटी देखेर दिक्दार भएका छन् । जब गणतन्त्रको नेतृत्वले नायकत्वको विश्वास जोगाउन सक्दैन, तब प्रतिगमनकारी शक्तिहरू राजतन्त्रको छाया खोज्न थाल्छन् । धर्म उनीहरूको बैसाखी बन्छ, निराशा उनीहरूको अस्त्र बन्छ । अभिजात वर्गीय अहंकार र कुण्ठा खुलेर प्रकट हुन थाल्छन् । अहिले देखिएको राजावादीको आन्दोलन ठीक यस्तै चरित्रको छ ।

निष्कर्ष
लोकतन्त्रको विकल्प केवल अझ उन्नत लोकतन्त्र हो । गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र हो । किनकि, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार एवं नागरिक सम्प्रभुत्ता केवल लोकतन्त्रमा मात्र सम्भव छ । त्यसमा हुने अवरोध क्षम्य हुन सक्दैन । देशमा राजावादीहरूको सक्रियता बढ्नुको कारण पनि विश्व–राजनीतिमा उग्रदक्षिणपन्थी राष्ट्रवाद हावी हुनु नै हो । राजावादीहरूलाई भारतका उग्रदक्षिणपन्थी हिन्दू अतिवादीहरूको समर्थन रहेको आशंका गरिएको छ । अधिकांश राजावादीहरू अन्य देशका दक्षिणपन्थी जस्तै नागरिकको अधिकार र स्वतन्त्रताको सम्मान गर्दैनन् । यिनका प्रमुख पात्र पनि निर्दलीयता मान्ने पूर्वपञ्चे नै छन् । ज्ञानेन्द्रलाई तेस्रो पटक श्रीपेच लगाउने अभियानमा लागेको समूह अराजक बनेको छ । सरकारले तोकेको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन उग्र हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । अराजकता नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित दर्जनौँ घाइते भएका छन् । अर्बौँको निजी सम्पत्ति नष्ट भएको छ । भिडले लगाएको आगोमा जलेर सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको छ । झडपमा सविन महर्जन गोली लागेर मरेका छन् ।

उनीहरूसँग विकासका कुनै नीति तथा कार्यक्रम पनि छैनन् । राजा अर्बौं पैसा लिएर लगानी गर्न आउने र देशको कायापलट गर्ने पनि होइनन् । उनको अपिल भनेको आफ्नो खोसिएको लुटको स्वर्ग थमाउन पाइयोस् भन्ने मात्र हो । त्यसैले राजावादीहरू वर्तमान व्यवस्थाका विकल्प होइनन् । ०८१ चैत्र १५ गतेको राजावादी आन्दोलनले ज्ञानेन्द्र शाहको भ्रमको पर्दा च्यात्चुत पारेको छ र उनको सक्कली अनुहार जनता सामु उदाङ्गो भएको छ । उनीहरूको यस्तो हर्कतले देशलाई कुनै लाभ हुने वाला छैन् तर अराजक भीडको माध्यमबाट हानि पु¥याउन भने सक्छन् । लोकतन्त्रवादीहरूले यो असामान्य परिस्थिति आफ्नो नियन्त्रण बाहिर जान नदिन हालसम्म भएका र गर्न नसकिएका कामहरूको आत्मसमीक्षा गर्नु र अनिर्णयको अवस्थाबाट मुक्त हुनु जरूरी छ । विकासको मार्ग सरल रेखाबाट जाँदैन र हामीले चाहे परिस्थिति मोड्न सक्छौं ।

लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि सबै अग्रगामी शक्ति एक हुन जरुरी छ । यसको सवलिकरणको लागि निर्वाचन प्रणालीमा आमूल सुधारको खाँचो छ । व्यापक रुपमा आर्थिक विकासका कार्यक्रममार्फत कृषि, उद्योग, पर्यटन र जलस्रोत क्षेत्रमा लगानी बढाएर देशभित्रै रोजगारी सिर्जना गर्ने, युवा वर्गलाई देशमै बसेर काम गर्ने वातावरण निर्माण गर्ने, प्रति व्यक्ति आय बढाउने, देशबाट पूँजी पलायन हुन रोक्ने, भ्रष्टचार नियन्त्रण गर्ने र सम्वृद्धि हासिल गर्ने काममा तत्काल लाग्नु पर्ने देखिन्छ । हाम्रो देशको अर्थतन्त्र चुहिने माटोको घैटो जस्तो छ । यहाँ जति पानी खन्याए पनि भरिने अवस्था छैन । केही थोरै व्यक्तिको हातमा अर्थतन्त्र रहेकाले वहुसङ्ख्यक जनता गरिबीको चपेटामा परेका छन । यस्तो परिवर्तनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, साथै प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्छ । यसो हुन सक्यो भने चुनाव कम खर्चिलो हुनेछ र भ्रष्टाचार उन्मूलन र राजनीतिक स्थायित्व आउन सक्छ । यस्तो अवस्थामा मात्र देशको आर्थिक विकास, सुख, शान्ति र सम्वृद्धि फर्कन सक्छ ।
अस्तु

वि.सं.२०८१ चैत १७ आइतवार १४:०६ मा प्रकाशित

वायु प्रदूषणले हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्न् सक्छ

वायु प्रदूषणले हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्न् सक्छ

वायु प्रदुषण जनस्वास्थ्यमा एउटा गम्भिर समस्याको रुपमा देखा परेको छ...

सहकारी संस्थाका चुनौती र अबको बाटो

सहकारी संस्थाका चुनौती र अबको बाटो

सहकारी भनेको आपसी हितका लागि व्यक्तिहरूको समूहको स्वामित्वमा रहेको र...

न्यायालयको सपनाः विधुतीय अदालतको स्थापना

न्यायालयको सपनाः विधुतीय अदालतको स्थापना

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास...

लोकतन्त्रको कमजोरी लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ

लोकतन्त्रको कमजोरी लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ

कारण र प्रभाव सम्बन्ध घटना वा कार्यहरू बीचको सम्बन्ध हो...

ज्ञानेन्द्रको पछि लाग्ने “राजावादी” र आँफैलाई राजा ठान्ने “गणतन्त्रवादी” जनता हेरेको हेरै

ज्ञानेन्द्रको पछि लाग्ने “राजावादी” र आँफैलाई राजा ठान्ने “गणतन्त्रवादी” जनता हेरेको हेरै

म सानै उमेरदेखि राजनीतिमा चासो राख्दथे। तत्कालिन समयमा जहानिया निरंकुश...

कुलमान प्रकरणः सरकारको कलाविहीन नाटक

कुलमान प्रकरणः सरकारको कलाविहीन नाटक

यो देशमा असल काम गर्ने मानिसले वास्तबमा कहिल्यै सम्मान पाउन...