back
CTIZAN AD

चीनको सुवास संस्कृति नेपालमा

वि.सं.२०८१ चैत १७ आइतवार

1.2K 

shares

 

काठमाडौं । चिनियाँ सांस्कृतिक केन्द्रले चीनको सुवास संस्कृति सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । केन्द्रले काठमाडौंमा रहेको आफ्नो कार्यालयमा शुक्रबारदेखि आइतवार(तीन दिन)सम्म उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा चीनको सुवास संस्कृति र परम्परागत धूपका बारेमा जानकारी प्रदान गरिएको थियो । चीनको सिचुआनको आबा तिब्बती स्वायत्त क्षेत्रबाट आएका तिब्बती धूपसम्बन्धी विशेषज्ञ कोङ छुये च्याछो, प्राध्यापक चाङ इयेरोङ र विशेषज्ञ श्री तङ्ग इङ्ग गरी तीन जनाले यस सम्बन्धी जानकारी प्रदान गरेका थिए । कार्यक्रममा भाषा अनुवाद भने चिनीयाँ भाषा शिक्षक जितेश महर्जनले गरेका थिए ।

कार्यक्रममा विशेषज्ञ च्याछोले भने, “चीनको सुवास संस्कृतिमा लामो इतिहास रहेको छ, जसले गहिरो परम्परागत सांस्कृतिक अर्थ, जीवनको सौन्दर्य शास्त्र र जीवनको ज्ञानलाई समेटेको छ । प्राचीन सम्राट र सेनापतिहरूको धार्मिक पूजा विधिदेखि, साहित्यिक र शिष्ट व्यक्तिहरूको आत्म सुधार र जीवन शैलीसम्म, चीनका मानिसहरूको मानसिक संस्कार र परम्परा कायम राखेका छन् र ती विभिन्न जातीय सांस्कृतिक पहिचानको विशेष प्रतीक बनेका छन् ।”

 

सो कार्यक्रमबाट सहभागीहरुले चीनको सुवास संस्कृतिको र परम्परागत चिकित्सा संस्कृतिको मिलन र प्रयोगबारे जानकारी लिएको केन्द्रले विश्वास लिएको छ । केन्द्रले सुवासको माध्यमबाट प्रत्येक सहभागीले चीनको मनमोहक सुवास आफ्नो जीवनमा समाहित गर्दै चीनका विभिन्न प्रादेशिक संस्कृतिको विशिष्ट सुवासको वास्तविक अनुभव लिएको जनाएको छ ।

कार्यक्रम मार्फत सहभागीहरूले चीनको सुवास संस्कृतिको विविधता र प्रादेशिक सांस्कृतिक सम्पदाबारे बुझ्नका साथै सुवास उत्पादन प्रक्रिया पनि अनुभव लिएका छन् । साथै सहभागीहरूले हावाको शुद्धीकरणदेखि मनोवृत्तिको आत्म समायोजन र उपचारसम्म, चीनको पारम्पारीक सुवासले जीवनको गुणस्तर, व्यक्तिगत सांस्कृतिक सुधार र मानसिक र शारीरिक स्वास्थलाई कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने समेत जानकारी लिएका छन् ।

चिनियाँ विशेषज्ञले सहभागीहरूलाई चीनको परम्परागत सुवास निर्माण कला (धूप) बनाउन समेत सिकाएका थिए । सहभागीहरूले उत्साहका साथ धूप निर्माण गरेका थिए । कार्यक्रममा चीनको परम्परागत सुवास निर्माण कलाका लागि आवश्यक सामग्रीहरू समेत प्रदर्शनीमा राखिएको थियो ।

 

वि.सं.२०८१ चैत १७ आइतवार २३:०८ मा प्रकाशित

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं ।  १३औँ विश्व अटिजम सचेतना दिवस नेपालसहित विश्वभर विभिन्न...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा...

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

ललितपुर । नेपालमै पहिलो पटक आयोजना गरिएको ‘एड्भान्स ट्रेनिङ एण्ड...