back
CTIZAN AD

कृषि सामग्री कम्पनीद्वारा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री

वि.सं.२०८१ चैत १८ सोमवार

615 

shares

झापा । कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई बिक्री गरेको छ ।

झापामा कृषियोग्य जमिन धेरै भएको र एकै याममा विभिन्न प्रकारको बाली लगाउने गरिएको कारण जिल्लामा रासायनिक मलको खपत धेरै हुने गरेको कम्पनीका शाखा प्रमुख दीपककुमार राजवंशीले बताए । उनका अनुसार चालु आवका लागि कम्पनीले झापाका लागि १७ हजार ५०० मेट्रिक टन रासायनिक मल पठाएको थियो । अब शाखामा दुई हजार २०१ मेट्रिकटन मल मौज्दात रहेको छ ।

जिल्लाका किसानलाई फागुन मसान्तसम्ममा नौ हजार ८०० मेट्रिकटन युरिया, पाँच हजार १४ मेट्रिक टन डिएपी र चार हजार ८५ मेट्रिक टन पोटास मल बिक्री गरिसकेको कम्पनीले जनाएको छ । जिल्लामा चालू आवका लागि ११ हजार मेट्रिक टन युरिया, छ हजार मेट्रिक टन डिएपी र ५०० मेट्रिकटन पोटास मल आएको थियो ।

किसानहरुको माग बढिरहेको र शाखामा मौज्दात कम भएका कारण वैशाखदेखि रासायनिक मलको अभाव हुनसक्ने शाखा प्रमुख राजवंशीले बताए । “माग धान्ने गरी हामीसँग रासायनिक मल छैन”, प्रमुख राजवंशीले भने,“स्टक राखिएको मल पनि सकिन लाग्यो, वैशाखसम्म धान्न सक्छ ।” थप रासायनिक मल वैशाखमा मात्र आउने बताइएको छ ।

चालु आर्थिक वर्षमा कार्यालयमा लक्ष्यभन्दा बढी बिक्री भइरहेको देखिएको उनले बताए । उनले अब चार हजार मेट्रिकटन मल आउने भए पनि पर्याप्त नहुने जानकारी दिए । उनले जिल्लामा अन्य मलको तुलनामा युरिया मलको माग ह्वात्तै बढेको बताए । यतिबेला झापामा चैते धान, मकै र चियामा मल लगाउनका लागि किसानहरुले छिमेकी मुलुक भारतका सीमावर्ती बजारबाट लुकीछिपी ल्याउने गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडबाट जिल्लाका १५ वटै पालिकामा तोकिएको सहकारीमार्फत मल वितरण हुँदै आएको छ । रासस/फाइल फोटो

 

वि.सं.२०८१ चैत १८ सोमवार १४:४६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...