back
CTIZAN AD

अहिलेपनि म माथि सरकारको षड्यन्त्र गरिरहेको छ : लामिछाने

वि.सं.२०८१ चैत १८ सोमवार

753 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला नरोकिएको बताएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका लामिछानेले समर्थकहरूलाई सम्बोधन गर्दै सरकारले अहिले पनि आफूमाथि षड्यन्त्र गरिरहेको बताएका हुन् ।

‘पाँच महिनाअघि सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर यहीँबाट उठाएर लगेको थियो । सरकारको षड्यन्त्रको सिलशिला सकिएको छैन,’ उनले भने, ‘तर म जुनसुकै परिस्थितिको सामना गर्न तयार छु ।’

उनले भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले आफूलाई जोगाउन वर्तमान सरकार गठन गरेको बताए । सभापति लामिछानेले कांग्रेस एमाले मिलेर सरकार बनाउँदा संसद्मा बलियो सशक्त सरकार बन्ने सम्भावना अन्त्य भएको चर्चा गरे ।

‘बलियो सरकार बनाउने सम्भावना कांग्रेस–एमालेले समाप्त गरे । राम्रो गर्नलाई होइन, आफूलाई बचाउन यिनले सरकार बनाएका हुन्,’ उनले भने । सरकारले आफ्नो टाउकोमा तरबार झुन्ड्याएर तह लगाउन खोजे पनि आफू नगल्ने उनको भनाइ थियो । म आगो कहाँ बल्ला र तापौंला भनेर बसेको मान्छे होइन, जनतामा आक्रोश आएको छ । त्यसलाई चिनुपर्ने छ, बदलनुपर्नेछ ।

वि.सं.२०८१ चैत १८ सोमवार १६:१७ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...