back
CTIZAN AD

मिर्गौला पीडितलाई परोपकारी सेवा समितिको सात लाख सहयोग

वि.सं.२०८१ चैत १९ मंगलवार

1.6K 

shares

गल्याङ । परोपकारी सेवा समितिले मिर्गौला पीडितलाई सात लाख रुपैयाँ सहयोग गरेको छ ।  स्याङ्जाको गल्याङ नगरपालिका ७ पट्काङमा रहेको परोपकार सेवा समितिले सञ्चालन गरेको ‘किड्नी पीडित रोमलाल थापा बचाऊँ अभियान’ अन्तर्गत  एक महिनामा नै करिब ७ लाख सहयोग रकम सङ्कलन गरी पीडितलाई हस्तान्तरण गरिएको हो ।

सहयोगी मनहरूबाट सङ्कलित रकम परोपकार सेवा समितिले शनिवार पीडितको घरमा नै पुगेर हस्तान्तरण गरेको छ । पीडितको घरमा विशेष कार्यक्रम आयोजना गरी संस्थाका पदाधिकारीहरू, पत्रकार, बुद्धिजीवी समाजसेवी, एवम् गाउँवासीहरूको उपस्थितिमा ७ लाख बराबरको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा समाजसेवी तथा शिक्षक श्याम प्रसाद भट्टराईले परोपकारी सेवा समिति नाम जस्तै परोपकारी रहेको बताए । उनले समस्या जो सुकैलाई पर्न सक्ने भन्दै समस्या परेको अवस्थामा एकले अर्कोलाई यसरी नै सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजसेवी, नारायण पाण्डे, शिक्षक तथा संस्थाका कोषाध्यक्ष ज्ञान प्रसाद अधिकारी, हिमलाल अधिकारी, गोपि कृष्ण पाण्डे कर्ण बहादुर थापा, पदम थापा, टिकाराम अधिकारी लगायतले परोपकारी सेवा समितिबाट विपत् र अप्ठ्यारोमा परेकोलाई गरेको सेवाप्रति प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्ने सुझाव समेत दिएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा मिर्गौला पीडित  रोमलाल थापाले संस्थाले गरेको सहयोग प्रति आफू सधैँ ऋणी रहेको भन्दै संस्थाले गरेको कामलाई मुक्तकण्ठले  प्रशंसा गरेका थिए ।

अभियानलाई सफल बनाउनको लागि संस्थाका महासचिव दीपक अधिकारी लगायत कोरियामा कार्यरत जुझारु टिम महेन्द्र सापकोटा, नारायण अधिकारी, रमेश अधिकारी, कपिल भट्टराई, सुनिल अधिकारी, विनोद थापा, अमेरिकाबाट संस्थाका अध्यक्ष शिव अधिकारी, मलेसियाबाट श्याम थापा, दुवैबाट किसान थापा, गोपाल भट्टराई नेपाल र अन्य ठाउँबाट संस्थाका उपाध्यक्ष सुनिल भट्टराई, सचिव हरि अधिकारी, वीरेन्द्र भट्टराई, ज्ञान प्रसाद अधिकारी, हिमलाल अधिकारी, श्याम प्रसाद भट्टराई लगायत सम्पूर्ण सहयोगीहरूको महत्त्वपूर्ण योगदान रहेको छ ।

हाल संस्थाका अध्यक्ष शिव अधिकारी अमेरिकामा र महासचिव दीपक अधिकारी दक्षिण कोरियामा छन् । उनीहरूले देश बाहिर भएपनी रकम सङ्कलन र कार्यक्रमको तयारीमा सामाजिक संन्जाल र अन्लाईन मार्फत निकै महत्त्वपूर्ण भूमिका खेलेको संस्थाका सचिव हरि अधिकारीले जानकारी दिए । सुनिल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरि अधिकारीले गरेका थिए ।

वि.सं.२०८१ चैत १९ मंगलवार ११:०२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...