back

मिर्गौला पीडितलाई परोपकारी सेवा समितिको सात लाख सहयोग

वि.सं.२०८१ चैत १९ मंगलवार

780 

shares
GLOBAL IME AD
NTC AD

गल्याङ । परोपकारी सेवा समितिले मिर्गौला पीडितलाई सात लाख रुपैयाँ सहयोग गरेको छ ।  स्याङ्जाको गल्याङ नगरपालिका ७ पट्काङमा रहेको परोपकार सेवा समितिले सञ्चालन गरेको ‘किड्नी पीडित रोमलाल थापा बचाऊँ अभियान’ अन्तर्गत  एक महिनामा नै करिब ७ लाख सहयोग रकम सङ्कलन गरी पीडितलाई हस्तान्तरण गरिएको हो ।

सहयोगी मनहरूबाट सङ्कलित रकम परोपकार सेवा समितिले शनिवार पीडितको घरमा नै पुगेर हस्तान्तरण गरेको छ । पीडितको घरमा विशेष कार्यक्रम आयोजना गरी संस्थाका पदाधिकारीहरू, पत्रकार, बुद्धिजीवी समाजसेवी, एवम् गाउँवासीहरूको उपस्थितिमा ७ लाख बराबरको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा समाजसेवी तथा शिक्षक श्याम प्रसाद भट्टराईले परोपकारी सेवा समिति नाम जस्तै परोपकारी रहेको बताए । उनले समस्या जो सुकैलाई पर्न सक्ने भन्दै समस्या परेको अवस्थामा एकले अर्कोलाई यसरी नै सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजसेवी, नारायण पाण्डे, शिक्षक तथा संस्थाका कोषाध्यक्ष ज्ञान प्रसाद अधिकारी, हिमलाल अधिकारी, गोपि कृष्ण पाण्डे कर्ण बहादुर थापा, पदम थापा, टिकाराम अधिकारी लगायतले परोपकारी सेवा समितिबाट विपत् र अप्ठ्यारोमा परेकोलाई गरेको सेवाप्रति प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्ने सुझाव समेत दिएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा मिर्गौला पीडित  रोमलाल थापाले संस्थाले गरेको सहयोग प्रति आफू सधैँ ऋणी रहेको भन्दै संस्थाले गरेको कामलाई मुक्तकण्ठले  प्रशंसा गरेका थिए ।

अभियानलाई सफल बनाउनको लागि संस्थाका महासचिव दीपक अधिकारी लगायत कोरियामा कार्यरत जुझारु टिम महेन्द्र सापकोटा, नारायण अधिकारी, रमेश अधिकारी, कपिल भट्टराई, सुनिल अधिकारी, विनोद थापा, अमेरिकाबाट संस्थाका अध्यक्ष शिव अधिकारी, मलेसियाबाट श्याम थापा, दुवैबाट किसान थापा, गोपाल भट्टराई नेपाल र अन्य ठाउँबाट संस्थाका उपाध्यक्ष सुनिल भट्टराई, सचिव हरि अधिकारी, वीरेन्द्र भट्टराई, ज्ञान प्रसाद अधिकारी, हिमलाल अधिकारी, श्याम प्रसाद भट्टराई लगायत सम्पूर्ण सहयोगीहरूको महत्त्वपूर्ण योगदान रहेको छ ।

हाल संस्थाका अध्यक्ष शिव अधिकारी अमेरिकामा र महासचिव दीपक अधिकारी दक्षिण कोरियामा छन् । उनीहरूले देश बाहिर भएपनी रकम सङ्कलन र कार्यक्रमको तयारीमा सामाजिक संन्जाल र अन्लाईन मार्फत निकै महत्त्वपूर्ण भूमिका खेलेको संस्थाका सचिव हरि अधिकारीले जानकारी दिए । सुनिल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरि अधिकारीले गरेका थिए ।

वि.सं.२०८१ चैत १९ मंगलवार ११:०२ मा प्रकाशित

आज देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको...

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ...

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा...

आगलागीमा ६० लाख बराबरको क्षति

आगलागीमा ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी) । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा...

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...