back
CTIZAN AD

सोह्र जिल्लाका कृषि प्राविधिक मुस्ताङमा

वि.सं.२०८१ चैत १९ मंगलवार

1K 

shares

मुस्ताङ । घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले १६ जिल्लाका कृषि प्राविधिकलाई फलफूल तथा सागसब्जी खेतीसम्बन्धी तालिम दिइरहेको छ । सङ्घ, प्रदेश र स्थानीय तहका नायब प्राविधिक सहायक र प्राविधिक सहायकलाई लक्षित गरी केन्द्रले आइतबारदेखि तीनदिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन’ विषयक सैद्धान्तिक तथा व्यावहारिक अभ्यास तालिम आयोजना गरिएको हो ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले मुस्ताङमा विभिन्न जिल्लाका कृषि प्राविधिक तथा किसानलाई यसप्रकारको तालिम अभ्यास बर्सेनि सञ्चालन गर्दै आएको छ । फलफूल तथा तरकारीका गुणस्तरीय बिरुवा तथा बीउ उत्पादन गर्न कृषि प्राविधिकलाई यसप्रकारको तालिम अभ्यास सञ्चालन हुने गरेको केन्द्रका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।

केन्द्रले शीतोष्ण फलफूल तथा तरकारीमा गरिने प्रसारणका विविध विधि तथा प्रविधि अवलोकन गराउनेलगायत तालिम प्रशिक्षण गराउने गरेको छ । गुणस्तरीय बिरुवा उत्पादनका लागि माउबोट तथा रुटस्टक बिरुवाको व्यवस्थापन तथा नर्सरी स्थापना र व्यवस्थापनलगातयत विषयमा कृषि प्राविधिकलाई व्यावहारिक रूपमा सिकाइने गरिएको प्रमुख आत्रेयले बताए ।

तालिममा १६ जिल्लाका १८ कृषि प्राविधिकले सहभागिता जनाएका छन् । तालिममा पाल्पा र गुल्मीबाट दुई–दुई जनाको कृषि प्राविधिकको प्रतिनिधित्व छ । यसैगरी बाँके, काभ्रे, धनकुटा, मोरङ, झापा, पर्वत, मनाङ, ललितपुर, मुगु, पश्चिमनवलपरासी, चितवन, धादिङ, स्याङ्जा, सुनसरी र जाजरकोटबाट समान एक–एक कृषि प्राविधिकको सहभागिता रहेको प्रमुख आत्रेयले जानकारी दिए । तालिम केन्द्रका प्राविधिक सहायक लक्ष्मण बुढाले संयोजन गरेका छन् ।

तीनदिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन’ विषयक सैद्धान्तिक तथा व्यावहारिक अभ्यास तालिममा सहभागी कृषि प्राविधिकलाई सैद्धान्तिकभन्दा बढी व्यावहारिक अभ्यासमा केन्द्रित गरी कार्यक्रम आयोजना गरिएको हो । उनीहरूलाई बढीभन्दा बढी मात्रामा सहज रूपमा सिकाउने गरी बगैँचा तथा नर्सरीमा नै लगेर फिल्ड तालिम भइरहेको प्रमुख आत्रेयले बताए । केन्द्रले तालिमका लागि अनलाइनमार्फत दरखास्त आह्वान गरेको थियो ।रासस

वि.सं.२०८१ चैत १९ मंगलवार ११:२८ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...