back
CTIZAN AD

भाटभटेनीका सुरक्षा गार्ड नगदसहित सम्मानीत

वि.सं.२०८१ चैत २० बुधवार

984 

shares

काठमाडौं । भाटभटेनी सुपर स्टोरले कोटेश्वर शाखामा कार्यरत कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । सोक्रममा भाटभटेनी सुपर मार्केटका सेक्युरिटी गार्ड दुलप्रसाद पराजुली पाँच लाख एक हजार १११ रुपैयाँसहित नगदसहित सम्मानीत भएका छन् ।

यही चैत १५ गते राजावादी समूहको प्रदर्शनका क्रममाभाटभटेनी सुपर मार्केटमा प्रदर्शनकारीले तोडफोड र लुटपाट मच्चाएका थिए । सोक्रममा सेक्युरिटी गार्ड पराजुलीले प्रतिकार गर्दै आन्दोलनकारीबाट थप लुटपाट र तोडफोड हुनबाट जोगाएका थिए ।

गार्ड पराजुलीको साहसलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । आन्दोलनकारीले लुटपाट गरिरहँदा गार्ड पराजुलीले प्रतिकार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

यसैबेला भाटभटेनीले उनलाई नगदसहित सम्मान गरेको हो । बुधबार (आज) एक कार्यक्रमबीच राम्रो काम गर्ने कर्मचारीहरुलाई भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले सम्मान प्रदान गरेका हुन् । साथै, कार्यक्रममा राम्रो काम गर्ने अन्य गार्ड र कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ ।

प्रदर्शनकारीबाट तोडफोड र लुटपाटबाट ८० लाख रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ । भाटभटेनी सुपर मार्केटस्का सीईओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ । प्रदर्शनकारीले भाटभटेनी सुपर मार्केटस्मा तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए ।

वि.सं.२०८१ चैत २० बुधवार ११:४७ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...