back
CTIZAN AD

दक्षिण कोरियाली पूर्व कार्यबवाहक राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव दायर

वि.सं.२०८१ चैत २० बुधवार

744 

shares

सियोल । दक्षिण कोरियाको संसद्ले संवैधानिक अदालतको न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेकोमा बुधबार पुर्व कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको छ ।

मुख्य विपक्षी डेमोक्र्याटिक पार्टी र अन्य चार साना दलहरूले मार्च २१ मा अभियोग दायर गरेपछि चोइलाई महाभियोग लगाउने प्रस्ताव राष्ट्रिय सभाको पूर्ण सत्रमा पेश गरिएको थियो ।

गत डिसेम्बरमा राष्ट्रपति युन सुक–योल र प्रधानमन्त्री हान डक–सुविरूको महाभियोगपछि पुनः हान प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा फर्किनु पहिले चोइले तीन महिना कार्यवाहक राष्ट्रपतिको कार्यभार समालेका थिए ।
चोई विरुद्धको महाभियोग प्रस्तावमा राष्ट्रपति युनको असफलतामा चोइको कथित संलग्नता र संवैधानिक अदालतका न्यायाधीश नियुक्त गर्न अस्वीकार गर्नु लगायतका विषय समावेश छन् ।

संवैधानिक अदालतले शुक्रबार युनलाई पदबाट हटाउने वा नहटाउने निर्णय गर्ने योजना बनाएको छ ।

युनले गत वर्ष डिसेम्बर ३ मा आपतकालीन कानून घोषणा गरेता पनि केही घण्टापछि विपक्षी नेतृत्वको नेशनल एसेम्ब्ली (प्रतिनिधि सभा) ले घोषणालाई अवैध कदम भन्दै खारेज गरिदिएको थियो ।

युनलाई महाभियोग लगाउने प्रस्ताव डिसेम्बर १४ मा संसदमा पारित भएको थियो भने संवैधानिक अदालतले फेब्रुअरी २५ सम्म युनको महाभियोगमा ११ वटा सुनुवाइको आयोजना गरेको थियो । सिन्ह्वा

वि.सं.२०८१ चैत २० बुधवार १४:४६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...