back
CTIZAN AD

थाइल्यान्ड भ्रमणमा प्रधानमन्त्रीले के-के सम्झौता गरे ?

वि.सं.२०८१ चैत २० बुधवार

927 

shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा नेपाल र थाइल्यान्डबीच सरकारी तथा निजी क्षेत्रका आठवटा सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्बीच प्रतिनिधिमण्डलस्तरीय बैठकमा यी सम्झौताहरू सम्पन्न भएका हुन् ।

सरकारी स्तरबाट दुई तथा निजी क्षेत्रबाट छ सम्झौतामा हस्ताक्षर गरिएको छ । नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणाले पर्यटन सहयोग आदान–प्रदान र सांस्कृतिक सम्बन्ध प्रवद्र्धनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिन् ।

त्यस्तै, काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच उच्च शिक्षामा सहकार्य गर्ने तथा नेपाल नेत्रज्योति संघ र माहिडोल विश्वविद्यालयअन्तर्गतको रामाथिबोडी अस्पतालबीच सहकार्यसम्बन्धी समझदारी भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्शबीच व्यापार विस्तारको समझदारी, नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासंघबीच लगानी प्रवद्र्धनको सम्झौता तथा नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाइल्यान्डबीच पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी भएको छ ।

त्यसैगरी, जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबीच जैविक प्रविधि मार्फत खाद्यान्न उत्पादन वृद्धि गर्ने सम्झौता भएको छ । नेपाल र थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ वर्षमा औपचारिक भ्रमण गर्ने ओली पहिलो नेपाली प्रधानमन्त्री हुन् । उनले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने उल्लेख गर्दै थाइ लगानीकर्तालाई नेपालका पर्यटन, ऊर्जा र व्यापार क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

वि.सं.२०८१ चैत २० बुधवार १६:५९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...