back
CTIZAN AD

रैथाने जातका बाली-बीउ लोप हुँदै

वि.सं.२०८१ चैत २१ बिहीवार

771 

shares

काभ्रेपलाञ्चोक । यहाँ पराम्परागत एवं रैथाने जातका बाली–बीउ लोप हुँदै गएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले रैथाने बाली–बीउमा किसानको विश्वास घट्दै जाँदा हाइब्रिड बीउको आयात विकराल समस्याका रुपमा समेत रहेको तथ्याङ्क प्रस्तुत गरेको छ ।

कार्यालयको तथ्याङ्कअनुसार पछिल्ल्ला वर्षदेखि हाइब्रिड बीउको आयात बढ्दो क्रममा रहेको छ । कार्यालय कुलप्रसाद दवाडीले काभ्रेपलाञ्चोकमा ५५३ मेट्रिक टन धानको बीउ, ७४६ मेट्रिक टन मकै, एक हजार ६३ मेट्रिक टन गहुँ, ५२ मेट्रिक टन कोदो, ४३ मेट्रिक टन जौ, फापर र तोरीको बीउ क्रमशः ३८ र २८ मेट्रिक टन आवश्यक पर्ने जानकारी दिए ।

यस्तै, १८ हजार ३१८ मेट्रिक टन आलुको बीउ, ७३ मेट्रिक टन भटमास, एक मेट्रिक टन मास, दुई मेट्रिक टन चनाको बीउ र ६ मेट्रिक टन गहतको बीउ आवश्यक पर्ने कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यस्तै, तथ्याङ्कले करिब ६० प्रतिशत बीउ अन्य मुलुकबाट आयात भएको देखाएको दवाडीले बताए ।

दवाडीका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा नेपालमा तरकारीको बीउ १६० दशमलव ६२ मेट्रिकटन आयात भएको थियो ।

त्यस्तै, मकैको बीउ एक हजार १७८ दशमलव ०३ मेट्रिक टन आयात भएकामा धानको बीउ आयात एक हजार ८५८ दशमलव ६८ मेट्रिक टन आयात भएको थियो । हरेक वर्ष बढ्दै यो सङ्ख्या आव ०७९÷८० मा आइपुग्दा तरकारीको बीउ २१८ दशमलव चार मेट्रिक टन, मकैको बीउ दुई हजार ५४५ दशमलव ५६ मेट्रिक टन र धानको बीउ दुई हजार २७३ दशमलव ४१ मेट्रिक टन आयात भएको छ ।

तथ्याङ्क विश्लेषण गर्दा हरेक वर्ष बीउ आयातमै नेपालले अर्बौं रुपैयाँ बाहिरी मुलुक गइरहेको देखिएको पाइन्छ । आयातीत अधिकांश बीउ बाहिरी देशबाट आयात गर्नुपर्ने अवस्था रहेको दवाडीले बताए । “नेपालमै बीउको आयात हरेक वर्ष बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ,” उनले भने । उनका अनुसार काभ्रेपलाञ्चोकको ११ हजार ५८ हेक्टर क्षेत्रफलमा ४३ हजार ३६९ मेट्रिक टन धान उत्पादन उत्पादन हुँदै आएको छ ।

यस्तै, २४ हजार ८७५ हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको छ । जसमा ८२ हजार ७१७ मेट्रिक टन उत्पादन हुन्छ भने गहुँको खेती आठ हजार ८६० हेक्टर क्षेत्रफलमा हुँदा उत्पादन भने २६ हजार ४८३ मेट्रिक टन हुने गरेको छ । काभ्रेपलाञ्चोकमा हाल कार्यालयसँगको समन्वयमा १३ वटा बीउबिजन सहकारी र दुई तरकारीका बीउ उत्पादक सहकारीहरु सञ्चालनमा रहेका छन् । “किसानले बीउचक्रका बारेमा ध्यान दिन नसक्नु र त्यसको ज्ञानको कमीले गर्दा बीउको प्रयोगमा आयातकै भर पर्नुपर्ने समस्या बढिरहेको छ, यसकारण आयातीत बीउको विकराल अवस्था रहेको छ,” दवाडीले भने । उनका अनुसार परम्परागत एवं रैथाने बीउप्रति विश्वास घट्दै जाँदा विभिन्न किसिमका नक्कली बीउको जोखिमसमेत बढिरहेको छ ।

बीउबिजन ऐन २०४५ का अनुसार यौनिक वा वानस्पतिक तरिकाले पुनरोत्पादन गरी बाली उत्पादन गर्नका लागि छर्ने वा रोप्ने काममा प्रयोग गर्न सकिने बीउबिजन वा बीज नै सामान्य बुझाइको भाषामा बीउ हो । यस्ता बीउ नेपालमा कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गत बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरभवनले उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

केन्द्रका प्रमुख बेनीप्रसाद प्रसाईंका अनुसार नेपालमा हाल एक हजार ५७ प्रकारका बीउ सिफारिस गरिएका छन् । यसअन्तर्गत, तरकारी, धान, गहुँ, मकै, फलफूललगायत सबै बाली र बोटबिरुवा पर्दछन् । यस्ता बीउ स्वदेशमा उत्पादन भए पनि आवश्यक मात्रामा उत्पादन नभएपछि बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको प्रसाईंको भनाइ छ ।

नेपाललगायत मुलुकमा सबै तरकारी, फलफूल एवं खाद्यान्नको बीउको माग बढिरहेको जनाइयो । “कृषिमा संलग्न जनशक्तिको अभावलगायत विविध कारण नेपालमा भारत र चीनबाट ठूलो परिमाणमा बीउ आयात गर्नुपरेको छ”, प्रसाईंले भने । बीउ उत्पादनको अनुगमन फितलो हुँदा किसान समस्यामा रहेको र ऐन कानुनको पालनामा पनि समस्या रहेकाले सरकारको विशेष ध्यान दिनुपर्ने उनको तर्क छ । रासस/फाइल फोटो

वि.सं.२०८१ चैत २१ बिहीवार १४:४२ मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

विष्णुदेवीधाममा पुरुषोत्तम कथा जारी, सभामुख अर्यालद्वारा आशीर्वाद ग्रहण

काठमाडौंको पश्चिमी भेगमा अवस्थित चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित पवित्र विष्णुदेवीधाममा एक...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...