back
CTIZAN AD

सेतो मच्छिन्द्रनाथको जात्रा चैत २३ देखि

वि.सं.२०८१ चैत २१ बिहीवार

537 

shares

काठमाडौँ । सेतो मच्छिन्द्रनाथको जात्रा यही चैत २३ गतेदेखि सुरु हुँदैछ । स्थानीय भाषामा जनबहाः द्यः पनि भनिने यस देवतालाई बौद्धहरूले आर्यावलोकितेश्वर वा करुणामयको रुपमा पुज्छन् ।

हरेक वर्ष पौष शुक्ल पक्ष अष्टमीका दिन महास्नान गराई मनाउन सुरु गरिने जात्राको व्यवस्थापन यस वर्ष पनि जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिले गरिरहेको छ । समितिले पछिल्लो १३ वर्षदेखि रथजात्राको व्यवस्थापन गरिरहेको छ । समितिका अनुसार यस वर्ष जात्रा व्यवस्थापनका लागि विभिन्न २० वटा उपसमितिहरु गठन गरिएका छन् ।

जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिका सचिव सुजिव बज्राचार्यले यस वर्ष रथजात्राको पहिलो दिन चैत २३ गते तीनधारा पाठशाला जमलबाट रथ तानेर असन पु¥याइने बताए । साथै चैत २४ गते रथलाई असनबाट हनुमानढोका पु¥याइनेछ भने चैत २५ गते हनुमानढोकाबाट लगनटोल पु¥याइनेछ । चैत २६ गते रथलाई तानेर आर्यावलोकितेश्वर (करुणामय) को आमा भनिने लगन टोलको डबलीको बीचमा रहेको रूखलाई तीनचोटि परिक्रमा गराइन्छ । चैत २७ गते लगन टोलबाट बेलुकीपख खटमा राखी आर्यावलोकितेश्वरलाई पुनः जनबहाःस्थित आफ्नै मन्दिरमा फर्काउने कार्यक्रम रहेको उनले बताए ।

उनका अनुसार यस वर्ष असन पु¥याउने काम ‘याः न्याःयेकेगु’ सम्पन्न भएपछि बेलुकी दर्शनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आउने तालिका छ । यस वर्ष पर्यटन बोर्डको संयोजनमा पहिलो दिन जमलमा विदेशी पर्यटकहरुलाई रथजात्रा अवलोकन गराउने कार्यक्रम राखिएको छ ।

यस जात्रालाई काठमाडौँको सबैभन्दा ठूलो रथ जात्राका रूपमा लिइन्छ । यो जात्राको समाप्तिसँगै देशका अरू भागहरुमा अन्य रथजात्राहरु सुरु हुने भएकाले यस जात्राको विशेष महत्व छ ।फाईल फोटो

वि.सं.२०८१ चैत २१ बिहीवार १७:३७ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...