back
CTIZAN AD

दक्षिण कोरियाका राष्ट्रपति युन पदमुक्त

वि.सं.२०८१ चैत २२ शुक्रवार

1.1K 

shares

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पदमुक्त भएका छन् । सैनिक ‘कू’ गर्ने घोषणा गरेपछि योलमाथि लगाइएको महाभियोग शुक्रबार संवैधानिक अदालतले सदर गरेको छ । यससँगै उनी पदमुक्त भएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेअनुसार संवैधानिक अदालतका आठै जना सदस्य योलमाथिको महाभियोग सदर गरी उनलाई पदमुक्त गर्ने फैसलामा एक मत भएका थिए । उनी पदमुक्त भएसँगै दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्नेछ ।

गत डिसेम्बर ३ मा राष्ट्रपति योलले देशमा सैनिक कानुन घोषणा गरेका थिए । तर, उनको घोषणालाई दुई घन्टामै संसदले उल्ट्याइदिएको थियो । बहुमत सांसदहरूले राष्ट्रपतिको कदमविरूद्ध मतदान गरेपछि राष्ट्रपति योलको कमद असफल बनेको थियो । लोकतन्त्रमाथि प्रहार गरेको भन्दै संसदले राष्ट्रपति योलमाथि महाभियोग लगाइएको थियो ।

दक्षिण कोरियामा संसदबाट लगाएको महाभियोगमा संवैधानिक अदालतले अन्तिम फैसला गर्छ । शुक्रबार संवैधानिक अदालतले योलमाथिको महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट पदमुक्त भएका छन् ।

वि.सं.२०८१ चैत २२ शुक्रवार १०:०५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...