back
CTIZAN AD

सात वर्षीया बालिकाको अपहरणपछि उद्धार, युवक पक्राउ

वि.सं.२०८१ चैत २२ शुक्रवार

630 

shares

काठमाडौँ । सुनसरी प्रहरीले बालिका अपहरणमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ परेको छ । अपहरणमा परेकी सात वर्षीया बालिकालाई पूर्वपश्चिम राजमार्गमा पर्ने सुनसरीको कोसी व्यारेजस्थित २६ नम्बर ढोकाको पुलमाथीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर गाउँपालिका–१२ धरमपुर घर भएका जितेन्द्र साह (हलुवाई) रहेका छन् । यही चैत २० गते साहको अपहरणमा परेकी कोसी गाउँपालिका ७ मुसहरी टोल निवासी कुशेश्वर सदाकी ७ वर्षीय छोरी ईशु सदालाई २४ घण्टापछि अपहरण मुक्त गरिएको प्रहरीले जनाएको छ ।

साहले बालिकालाई सुनसरीको कोसी गाउँपालिका–७ स्थित उनकै घरबाट अपहरण गरेको खुलेको छ । बालिकालाई लिएर उनी अटो रिक्सामा कोसी व्यारेज पुगेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

आरोपी साह भारतको रानीगञ्ज बस्दै आएका थिए । बालिकाको परिवारसँग उनको चिनजान रहेको आधारमा उनले बालिकालाई फ्रुटी खान दिएर आफूसँगै लिएर गएको खुलेको छ ।

वि.सं.२०८१ चैत २२ शुक्रवार १२:१५ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...