back
CTIZAN AD

विमानस्थल सफाइ कर्मचारीका समस्या समाधानको पहल

वि.सं.२०८१ चैत २२ शुक्रवार

660 

shares

काठमाडौं । तलब नपाएको भन्दै आन्दोलनमा रहेका सरसफाइ कमर्चारीको समस्या समाधानका लागि पहल सुरु भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल व्यवस्थापन पक्षले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले सरसफाइ कर्मचारीहरुले तलब नपाएको भन्दै विगत १० दिनदेखि फोहोर नउठाएर विरोध जनाएकामा समस्या समाधानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पहल भइरहेको जानकारी दिए । उनले भने, “तलबका लागि प्राधिकरण सञ्चालक समितिमा पत्राचार गरिएको छ । त्यहाँबाट तलब निकासाका लागि पत्र आएमा समस्या समाधान हुन्छ । त्यसका लागि आवश्यक गृहकार्यमा छौँ ।”

विरोधका कारण विगत दश दिनदेखि विमानस्थलको आन्तरिक टर्मिनल भवन क्षेत्रबाट फोहोर उठाइएको छैन । यहाँ आउने यात्रुहरूले दुर्गन्धका कारण सास्ती भएको गुनासो गर्ने गरेका छन् । दुर्गन्धका कारण यात्रुले नाक थुन्नुपर्ने अवस्था आएको यात्रु कर्ण बोहराले बताए । विमानस्थलका सरसफाइ कर्मचारीले गत पुस महिनादेखि आफूहरूले तलब नपाएको गुनासो गरेका छन् ।

वि.सं.२०८१ चैत २२ शुक्रवार १२:५७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...