back

युवालाई दमाहा बजाउने कला सिकाउँदै नगरपालिका

वि.सं.२०८१ चैत २२ शुक्रवार

207 

shares
GLOBAL IME AD
NTC AD

कञ्चनपुर । भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो ।

“सुदूरपश्चिम क्षेत्रको लोकसंस्कृतिमा दमाहा बाजाको महत्वपूर्ण स्थान रहेको छ,” नगर प्रमुख पदम बोगटीले भने, “दमाहा बाजा हराउँदै जान थालेकाले संरक्षण गर्न आवश्यक छ, नयाँ पिँढीका युवालाई सिकाउन तालिम दिन थालेका छौँ ।” परम्परागत बाजासँगै संस्कृति संरक्षणका कार्यक्रमलाई प्राथमिकतमा राखेर कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए ।

कलासंस्कृति संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उनको जोड रहेको छ । दमाहा बाजा बजाउने सीप सिकेका युवाका लागि बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले दमाह बाजा नेपालको मौलिक वाद्ययन्त्रमध्ये एक भएकाले यसको संरक्षण हुनु जरुरी भएकाले तालिम सञ्चालन गरिएको बताए ।

“सुदूरपश्चिमको संस्कृतिअनुसार परम्परागत समारोह, जात्रा तथा सांस्कृतिक पर्वहरूमा सगुनका रुपमा दमाह बाजा बजाइन्छ,” उनले भने, “आधुनिकताको प्रभावसँगै संस्कृतिसँग जोडिएको बाजाको प्रयोग घट्दै गएकाले संरक्षणका लागि तालिम आवश्यक छ ।” तालिममा महिला–पुरुष गरी १९ जनाको सहभागिता रहेको छ । तालिममा दमाहाको महत्व दर्शाउने कार्यसँगै कुन कार्यका लागि कुन तालमा बजाउने भन्नेबारे सिकाउने कार्य भइरहेको छ ।

बूढापाकाहरुले युवालाई दमाहा बजाउने कलाकौशल युवालाई सिकाउने कार्य गर्न थालेका छन् । पछिल्लो समय माङ्गलिक कार्यका लागि दमाहालगायतको पञ्चेबाजा बजाउनेहरुको कमी हुन थालेको छ । यस पेसाबाट जीविका धान्न निकै गाह्रो हुँदै गएपछि युवाहरुले यस पेसालाई छाड्दै गएका छन् । पेसा पलायन भएर युवाहरु अन्य कार्य गर्न थालेका छन् ।

“बूढापाकाहरुमा मात्रै दमाहा बजाउने सीप सीमित रहेको छ,” नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुशील भट्टले भने, “बूढापाकाहरुसँग रहेको दमाहालगायतका पञ्चैबाजा बनाउने कला नयाँ पुस्तामा पुस्तान्तरण गर्न आवश्यक भएकाले युवाहरुलाई तालिमका माध्यमबाट सिकाउने कार्य भइरहेको छ ।” रासस

 

वि.सं.२०८१ चैत २२ शुक्रवार १३:४६ मा प्रकाशित

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

दिपायल (डोटी) । सिकार खेल्न गएका एक जनाको गोली लागेर...

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

दोधारा चाँदनी (कञ्चनपुर) । पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने...

शिक्षक आन्दोलनका कारण भर्ना अभियान प्रभावित

शिक्षक आन्दोलनका कारण भर्ना अभियान प्रभावित

दोधारा चाँदनी (कञ्चनपुर) । शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना...

बजेट अभावले खानेपानी आयोजना वर्षौंदेखि अलपत्र

बजेट अभावले खानेपानी आयोजना वर्षौंदेखि अलपत्र

गोदावरी (कैलाली) । बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा सञ्चालित...

पैङ्क केन्द्रबिन्दु भएर भूकम्प

पैङ्क केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर...

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

मान्म (कालीकोट) । जिल्ला कारागार कालीकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै...