back

मुक्तक

वि.सं.२०८१ चैत २३ शनिवार

750 

shares
GLOBAL IME AD
NTC AD

दाहाल कल्पना, रातोपुल, काठमाडौँ

१.
लाऊँ, खाऊँ हुँदै टाढा भाग्छ्यौ आउने हो कि अड्चन ठानी
घरीघरी छामिरहन्छ्यौ हो यो आफ्नो धड्कन ठानी
जन्मअघि नै चिन्ता तिमीलाई जिन्दगीभर सधैँ कति
आफ्नो मर्ने बेला भयो सोधिरहन्छ्यौ सड्छन् ठानी ।

२.
हुन त हो जन्मदैमा ल्याएको छ उपहार साँच्चै
थाहा भएर पनि थाहा छैन जिन्दगीको सार साँच्चै
कहिल्यै साथ नहुने नि दिन्छन् अन्तिम विदाइ घाटमा
एक मुठ्ठी खरानी आखिर बाँचुञ्जेलको भार साँच्चै ।

३.
खै कस्तो गन्ध आउँछ परैबाट थाहा पाउँछौ कसरी
फोनको घण्टी कहाँबाट नहेरेरै पत्ता लाउँछौ कसरी
दुई मुटु एक भन्छन् जोडिएको साँच्चै हो कि लाग्छ
हुलमा पनि चुराको छुनछुन सुन्दै सँगै आउँछौ कसरी !!

४.
घाम लागे कत्ति मिठा कोही भन्छन् हावा किन
घाम छैन पानी छैन जाडो गर्मी छैन वा वा किन
कसको मान्नु कति सहनु कोही पनि उस्तै छैनन्
एकै ऋतुमा कोही मस्त कोही फेरि कावा किन ?

५.
लिनु हुन्न अरूको सित्तै दिनुपर्छ सिकाउँछु म
व्यापार गर्छु राम्रो लुकाई कुहिएको बिकाउँछु म
चुनाव आयो आफ्नो मान्छे पुग्नै पर्छ माथि भन्छु
भोट दिन काका, बाजे स्वर्गबाट झिकाउँछु म ।

 

 

 

 

वि.सं.२०८१ चैत २३ शनिवार ०९:४८ मा प्रकाशित

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

दाङमा ‘तरङ्ग’ मुक्तक सङ्ग्रहको परिचर्चा

दाङमा ‘तरङ्ग’ मुक्तक सङ्ग्रहको परिचर्चा

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कृति समीक्षा...

कविता : प्रेमको जीत

कविता : प्रेमको जीत

लोगबहादुर टमट्टा जानकी गाउँपालिका –३, कैलाली गलत बाटो अपनाउँदा बाँच्न...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. पोल्छ छाती पलपल हरायो भोक निद्रा...

गजल

गजल

सुनिता बराल, काठमाडौं सधैँ एक मान्छे नजरमा थियो निकै दिव्य...

गजल

गजल

रमा खतिवडा,पोखरा जाली भ्रष्ट नेता जिताएर के भो? भाषण मात्र...