back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ चैत २३ शनिवार

3.7K 

shares

दाहाल कल्पना, रातोपुल, काठमाडौँ

१.
लाऊँ, खाऊँ हुँदै टाढा भाग्छ्यौ आउने हो कि अड्चन ठानी
घरीघरी छामिरहन्छ्यौ हो यो आफ्नो धड्कन ठानी
जन्मअघि नै चिन्ता तिमीलाई जिन्दगीभर सधैँ कति
आफ्नो मर्ने बेला भयो सोधिरहन्छ्यौ सड्छन् ठानी ।

२.
हुन त हो जन्मदैमा ल्याएको छ उपहार साँच्चै
थाहा भएर पनि थाहा छैन जिन्दगीको सार साँच्चै
कहिल्यै साथ नहुने नि दिन्छन् अन्तिम विदाइ घाटमा
एक मुठ्ठी खरानी आखिर बाँचुञ्जेलको भार साँच्चै ।

३.
खै कस्तो गन्ध आउँछ परैबाट थाहा पाउँछौ कसरी
फोनको घण्टी कहाँबाट नहेरेरै पत्ता लाउँछौ कसरी
दुई मुटु एक भन्छन् जोडिएको साँच्चै हो कि लाग्छ
हुलमा पनि चुराको छुनछुन सुन्दै सँगै आउँछौ कसरी !!

४.
घाम लागे कत्ति मिठा कोही भन्छन् हावा किन
घाम छैन पानी छैन जाडो गर्मी छैन वा वा किन
कसको मान्नु कति सहनु कोही पनि उस्तै छैनन्
एकै ऋतुमा कोही मस्त कोही फेरि कावा किन ?

५.
लिनु हुन्न अरूको सित्तै दिनुपर्छ सिकाउँछु म
व्यापार गर्छु राम्रो लुकाई कुहिएको बिकाउँछु म
चुनाव आयो आफ्नो मान्छे पुग्नै पर्छ माथि भन्छु
भोट दिन काका, बाजे स्वर्गबाट झिकाउँछु म ।

 

 

 

 

वि.सं.२०८१ चैत २३ शनिवार ०९:४८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...