back

ज्ञानेन्द्रको पछि लाग्ने “राजावादी” र आँफैलाई राजा ठान्ने “गणतन्त्रवादी” जनता हेरेको हेरै

वि.सं.२०८१ चैत २४ आइतवार

3.1K 

shares
GLOBAL IME AD
NTC AD

म सानै उमेरदेखि राजनीतिमा चासो राख्दथे। तत्कालिन समयमा जहानिया निरंकुश राजतन्त्र, थियो। ‘माटो सुहाउदो’ पंञ्चायती शासन ब्यबस्थाको विरुद्दमा हाम्रो परिवार र समाज कृयाशिल थियो। त्यसको प्रभावमा म हुर्किएको थिए। समाज वर्गिय हुन्छ भन्ने कुरा सानै उमेरमा चेत भयो। काग्रेस, कम्युनिष्ट र पंञ्च मुलत तीन राजनीतिक कित्ता थिए। काग्रेस भनेको धनसंम्पति हुनेको पार्टी भन्थे। कम्युनिष्ट गरिवहरुको पार्टी भनिथ्यो। पंञ्च राजाको भक्तिभाव गर्ने दासहरुको समुह भनिथ्यो। संगत र प्रभावले काग्रेस वा कम्युनिष्टहरुको हलो जोत्ने तन्नम गरिव पनि काग्रेस हुन्थे। कम्युनिष्टका नेताहरु प्रायस् दुई छाक खान पुग्नेनै थिए। पंन्चहरु आफुलाई राजाको दुत हुँ भन्ने ठान्दथे।

त्यो बेला राजनीतिक चेतनाको स्तर फरक थियो। सैध्दान्तिक र दार्शनिक कक्षा र बह्स हुँन्थ्यो।आफु सानो उमेर भएकोले खासै बुझ्दिनथे। कम्युनिष्टले काग्रेसलाई आलोचना गर्न पर्यो भने राजासंग घाटी जोडेको ठिमाहा पंन्च हौ भन्दथे। गाली गर्दा तेरो घरमा काग्रेस पसोस भन्दथे। त्यसरिनै काग्रेसले कम्युनिष्टलाई भन्थे- ६० बर्ष उमेर पछि गोली ठोकेर मार्दछन। एउटै परिवार भित्र विबाह गराउदछन। धर्म मान्दैनन, जातभात नमान्ने अधर्मि भन्दथे। धनीको संम्पती लुटदछन। पञ्चहरुले काग्रेस कम्युनिष्टलाई अराष्ट्रिय तत्व भन्दथे। यी र यस्तैमा साथीसाथी बिच झगडा र लफडा भईरहन्थ्यो। त्यही बेला तिर मैले माक्सिम गोर्किको “आमा” उपन्यास पढे, म आफुलाई त्यो उपन्यासको पात्र पावेल हुने हुटहुटी जाग्यो।

जसले जे गाली गरेपनी मेरो बाल मष्तिकमा नेताहरुप्रती सद्भाव थियो। काग्रेस होस वा कम्युनिष्ट उनिहरुको जीवन सादगी थियो। भूमिगत नेताहरुप्रती श्रद्दा हुन्थ्यो। कम्युनिष्ट नेता(कार्यकर्ता भेटहुँदा आफ्नै मान्छे भेटे जस्तो अनुभुती हुन्थ्यो। नेताहरु जनताको घरदैलो आउँदा खेत(बारीको श्रममा सामेल हुन्थे। जुठा भाडा माझ्दथे। जनताहरुको बिचमा बस्दथे। झुत्रो पुराना कपडा लगाउने, अझ भनौ जडौरी कपडा। कुनै तडक भडक देखिदैनथ्यो। मेरालागि तिनीहरु आदर्श पात्र थिए। जे भन्थे व्यबहारमा त्यही गर्द्थे। गरिव, दुस्खी, सुकुम्वासी र निमुखाको पक्षमा कुरा गर्दथे। सबैखाने विभेदको बिरुद्दमा होमिएका थिए। मलाई लाग्दथ्यो- तिनीहरु शासनसत्तामा पुगे भने त देशको कायापलट हुने छ। भुईमान्छेको कुरा गर्ने, शोषकको विरुद्दमा आगो ओकल्ने साच्चिकै आस्तिकहरुले मान्ने “देवदुत” जस्ता लाग्दथ्यो। ख्याउटे शरीर तर अद्म्य साहस भएका थिय। त्यो बेला मान्छेको व्यबहार देखेर पञ्च, कम्युनिष्ट वा काग्रेस के विचारको मान्छे हो छुट्याउन सकिन्थ्यो। देश बिकासको प्रमुख बाधक पंञ्चायती राज र निरंकुस राजतन्त्र हो भन्दथे। मैले उनिहरुले भनेको सबै पत्याउदथे। समानता र समताको कुरा, जन्जिविकाका कुरा, भौतिकवादका कुरा, सामुहिकता र कम्युनका कुरा, राष्ट्रियता र जनतन्त्रका कुरा आदि ईत्यादी।

म जन्मे हुर्केको राजतन्त्रमा हो। अहिलेका पुस्ताले राजतन्त्र देखेन वा भोगेन। युरोप वा अन्य बिकशित देशहरुमा विधमान राजतन्त्र देखेर राजतन्त्र पो ठीक हो कि भन्ने भ्रम देखिन्छ। वंसको आधारमा राजा हुने। अर्थात जतिसुकै हरीलठ्ठक भए पनि डाक्टरको छोरा स्वतस् डाक्टर हुने वा शिक्षकको छोरा स्वतस् शिक्षक हुने जस्तो वंशिय हो। कानुन आफ्नो हातमा लिने र हुकुम प्रमाणिले शासन गर्ने, देशको सार्बभौम सत्ता ब्यक्तिमा केन्द्रित हुने, संविधान र कानुन भन्दा माथि। राजा र राजपरिवारको बारेमा चु सम्म बोल्न नपाईने, बल प्रयोगबाट शासन संन्चालन गर्ने, जनता रैति हुने ब्यबस्था राजतन्त्रात्मक ब्यबस्था हो। राज्य संन्चालनमा जनताको सहभागिता नहुने, राजाको तजविज र मर्जिबाट टिकेहरुले शासित हुनुपर्ने आदिमकालको शासन ब्यबस्था हो। अहिलेका नवमण्डलेहरुको तर्क छ- हामीले खोजेको संबैधानिक राजतन्त्र हो। संबैधानिक राजतन्त्र भनेको सरकारले पठाएका कागजमा ल्याप्चे लगाउने, कुनै चाडपर्वमा शुभकामना दिने, मठ(मन्दिरमा पूजा आरती गर्ने, मछिन्द्रनाथको भोटो हेर्ने, दसैंमा टिका लगाईदिने, तीजमा पशुपती जाने जस्ता काम हुन। लौ मानौ ज्ञानेन्द्र, पारस वा कुनै शाह संबैधानिक राजा भैहाले भने, के यी र यस्तै कामले देशमा कुनै सुधार हुन्छरु यस्ता कामहरु हिजो बिधा भण्डारी र अहिले रामचन्द्रले गरेकै छन। फेरी किन चाहियो पुरै खलकलाई मान्न र पाल्नु पर्ने राजतन्त्ररु यो त आफ्नो घरबारी साहुको नाममा राजिनामा पास गरेर उसैको घरमा गोठालो बसे जस्तो कुरा भयो। राजतन्त्र प्रती मोह बढनुको कारण गणतन्त्रका मुखियाहरु आँफैलाई राजा ठानेर हो। ‘डाँका भन्दा चोर जाती’ को मनोभावले गणतन्त्रप्रती जनताको वितृष्णा बढेको छ। यो नै खुला रहस्य हो।

नेपाली जनताको लामो बलिदानिपूर्ण जनयुद्द र जनआन्दोलनबाट राजतन्त्रको अन्त्य भयो। नेपाल गणतन्त्रको युगमा प्रवेस गर्यो। मेरा बाल्यकालका आदर्श पार्टी र पात्रहरुलाई शासन सत्तामा पुर्यायो। पंन्चायत, बहुदलिय प्रजातन्त्र, लोकतन्त्र हुँदै देश गणतन्त्रमा आयो। तर यी सबैखाले “तन्त्र” ले जनतालाई अपेक्षित लाभ दिन सकेनन। प्रजातन्त्रले पार्टी मोटाए, लोकतन्त्रले नेता मोटाए, गणतन्त्रले पार्टी र नेता संगसगै दलाल, बिचौलिया र भष्ट्राचारी मोटाए। भुईमान्छे र जनता झन दुब्लाउदै खिईदै गए। विज्ञको ठाउमा बिचौलिया, कुलमानको ठाउमा हनुमान, राम्रोको ठाउमा हाम्रो, जनताको ठाउमा दलालको रजगज भयो। अपवादको रुपमा केही ठाउँ, ब्यक्ति र राजनीतिक दलबाट केही राम्रा कामहरु पनि भएका छन। समष्टिमा हेर्दा ‘गाउ गाउमा सिंहदरवार, टोल टोलमा विचौलिया र दलाल’ को राज भएको छ। यसको अर्थ अहिलेको दलाल पूँजीवादी ब्यबस्था भन्दा राजतन्त्र ठीक र काईदाको थियो भन्ने होईन। राजतन्त्रलाई जतिपटक मुर्दावाद भने पनि कम हुन्छ। ब्यवस्था फेरियो तर जनताको अवस्था फेरिएन। पात्र फेरियो तर नेताहरुको प्रवृती फेरिएन। मुल समस्या यही हो। यस्ता समस्याको समाधानको लागि अवको विकल्प के होलान ? भष्ट्राचार, विकृत बदनामहरुबाट शासित हुनु मन्जुरी गरी भोट दिने हामी जनताहरुले कहिले चेत आउने ? अहिले नेपालको राजनीतिका प्र्मुख दुई धार मध्ये एउटाले ‘राजतन्त्रको भुत’ लिएर र अर्कोले ‘गणतन्त्रको’ खेमामा उभिएका छन। हिजोका पंञ्चहरु र घोर दक्षिणपन्थिहरु मरेको राजतन्त्रको कंकाल बोकेर सडकमा आएका छन। जनता र गणतन्त्रलाई तर्साउन खोज्दैछन।

आखिर यस्तो अवस्था किन आयो ? भुतले तर्साउने अवस्था कसले निर्माण गर्यो  ? अहिलेको अवस्था आउनुमा मुख्य जिम्मेवार को होरु ? लुईस ब्लाकको सब्द सापटि लिदा “एउटा खराव बिचारको छ भने अर्को बिचार बिहिन छ। यी दुबै एक सिक्काका दुई पाटा हुन। किनकी खराव बिचार र बिचार बिहिनबाट रणनितिक र कल्याणकारी राज्यको स्थापना हुँदैन। अहिले म मेरो युवा उमेरको राजनीति गतिविधिहरु संझन्छु। त्यो बेला दर्शनका कुरा हुन्थे। फलामे अनुसशासनका कुरा हुन्थे। जे सिकाईन्थ्यो त्यो व्यबहारमा लागु हुन्थ्यो। राजनीति दर्शन र सिद्दान्तबाट निर्देशित थियो। अहिले प्रशिक्षणको नाममा एक अर्कालाई गाली गर्ने, सराप दिने, टुक्का सुनाउने, पट्यारलाग्दो उडन्ते गफ गर्ने ठाउँ भएका छन। जब राजनीति दर्शन र बिचारबाट टाढिन्छ तब जे हुन्छ त्यसको ज्वलन्त उदाहरण हो नेपालको वर्तमान राजनीति। संसदीय राजनीति साच्चिकै ओस्कार एमरिंगरले भने जस्तै “एउटा यस्तो भद्र कला हो जहाँ गरिवलाई धनी र सामन्तको शोषणबाट मूक्तिको आश्वासन दिएर भोट लिन्छन र धनी एव सामन्तहरुलाई गरिव र मजदुरहरुबाट रक्षा गर्दिन्छु भनी चन्दा लिन्छन” । पंन्चायतको वर्ग समन्वय र अहिलेको वर्ग समन्वय उस्तै-उस्तै छ। निर्वाचन र सरकार वा सत्ता हडप्ने बेला राजनीति हेरिदैन। त्यो बेला एक सुत्रिय उदेश्य हो कसरी शक्ति कब्जा गर्ने। अहिलेको सरकार त्यसको जिवित उदाहरण हो। सामुहिकता, कम्युन जस्ता कुराहरु अहिले पार्टिको शब्दकोषबाटै हराए। हिजो जनतासंगै जनताकोलागि राजनीति गर्नेहरु अहिले जनताको घरमा जादा समाचार हुने गर्दछन। हिजोको ती सादगी जीवनबाट आज महल र हवेलीहरुमा रुपान्तरण कसरी भएरु लाखौंका घडी, जुत्ता, चस्मा, लाखौंका भब्य पृतिभोजहरु, करोडौका गाडीका र स्रोत के हुनरु कसरी संभव भएर मसानमा विलिन भएको भुत जगाउन पृष्टभुमिका खलपात्रहरु यीनै हुन। “असुमल” बाट “आशाराम बापु” हुनेहरु नै जिम्मेवार हुन। अरुको टेकोमा हिडडुल गर्नु पर्ने, झ्याईकुटी पारेर मन्चमा लैजानु पर्ने, बोल्दा बोली लटपटिने, आफ्ना नेता कार्यकर्ता वा सामाजिक ब्यक्तित्वलाई अरुले चिनाईदिनु पर्ने उमेर सम्म पार्टी र शक्ति सत्ता ओगटनेहरुनै दोषी हुन। जनताप्रतिको जवाफदेहिता, पार्दर्शिता, समानुभूति, रचनात्मक उत्प्रेरणा स्खलित हुँदा समेत पट्क पटक परिक्षण भैसकेका, म्याद गुग्रिएका र भ्रष्टाचारको धमिराले मक्किएकाहरु नै हुन। दिनभरी महिला अधिकारको भाषण गर्ने र साझमा स्वस्थानी वर्तकथा भाका हालेर पढने, बिहान राशिफल हेरेर कुन बिचौलिया सँग आज संगत गर्नु पर्द्छ भनी निर्क्योल गर्ने कमरेड होस् वा जोतिषीसँग जोखाना हेराएर प्रधानमन्त्री खाने प्रजातन्त्रवादीहरुबाट अहिलेको स्थिती आएको हो। दलाल पूँजीवादि संसदिय ब्यबस्थामा जे हुन्छ वा हुनु पर्दछ नेपाल त्यही पथमा जानु स्वाभविक हो।

गणतन्त्रको विकल्प गणतन्त्रनै हो, उन्नत गणतन्त्र। त्यसको लागि जनतामा आलोचनात्मक चेत हुनु पर्यो। राजनीतिक आदर्शको श्राद्धमा पिण्ड प्रसाद खान सामेल हुने होईन त्यसको बिरुद्दमा मोर्चाबन्दी गर्नु पर्दछ। अहिले गणतन्त्रलाई अपुतालिमा पाएको संम्पती जसरी उपभोग गरेका, गणतन्त्रको लागि भएका युद्द र आन्दोलनमा रमिते भएका, गणतन्त्रवादिहरुको टाउकाको मुल्य तोक्नेहरुनै असली गणतन्त्र विरोधी हुन। तिनिहरुको भन्डाफोर गर्नु पर्द्छ। फेरी एकपटक यस्ता पात्र र प्रवृतिहरुको भष्ट्राचारीहरुको आँखडामा धावा बोल्नु पर्दछ। फेरी पनि भन्छु- आलोचनात्मक चेतको बिकास गरौ। छुचुन्द्राको टाउकोमा चमेलिको तेल लगाउने र आफुलाई गणतन्त्रमा ‘राजा हुँ’ भन्नेहरुको ठेगाना लगाए मात्र गणतन्त्रको रक्षा र बिकास हुनेछ।

 

वि.सं.२०८१ चैत २४ आइतवार ०७:४२ मा प्रकाशित

वायु प्रदूषणले हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्न् सक्छ

वायु प्रदूषणले हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्न् सक्छ

वायु प्रदुषण जनस्वास्थ्यमा एउटा गम्भिर समस्याको रुपमा देखा परेको छ...

सहकारी संस्थाका चुनौती र अबको बाटो

सहकारी संस्थाका चुनौती र अबको बाटो

सहकारी भनेको आपसी हितका लागि व्यक्तिहरूको समूहको स्वामित्वमा रहेको र...

न्यायालयको सपनाः विधुतीय अदालतको स्थापना

न्यायालयको सपनाः विधुतीय अदालतको स्थापना

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास...

लोकतन्त्रको कमजोरी लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ

लोकतन्त्रको कमजोरी लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ

कारण र प्रभाव सम्बन्ध घटना वा कार्यहरू बीचको सम्बन्ध हो...

गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र नै हो

गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र नै हो

समाज कुवामा जमेको पानी जस्तो भयो भने त्यहाँ फोहरमैला जम्मा...

कुलमान प्रकरणः सरकारको कलाविहीन नाटक

कुलमान प्रकरणः सरकारको कलाविहीन नाटक

यो देशमा असल काम गर्ने मानिसले वास्तबमा कहिल्यै सम्मान पाउन...