back
CTIZAN AD

माछापालनमा लाग्न किसानलाई प्रेरित गर्दै केन्द्र

वि.सं.२०८१ चैत २४ आइतवार

711 

shares

बागमती । कुलेखानीस्थित मत्स्यविकास केन्द्रले माछापालनलाई प्रोत्साहन गर्न विद्यार्थी र कृषक लक्ष्यित गरी मत्स्य घुम्ती शिविर र विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ फाखेलस्थित कालिका माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) र वडा नम्बर १ स्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा मत्स्य केन्द्रले माछापालनसम्बन्धी शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

मत्स्य केन्द्रका प्रमुख मनिता पौडेललका अनुसार हालै कालिका मावि फाखेलमा आयोजना गरिएको स्कूल शिक्षा कार्यक्रममा २४ जना विद्यार्थी, नौ जना विद्यालयका कर्मचारीलाई माछापालन पद्धति, मुलुकमा मत्स्यपालनको अवस्था, पाल्न सकिने माछाका जातलगायत माछाको पौष्टिक महत्व तथा प्राकृतिक जलाशयको संरक्षणलगायत विषयमा प्रशिक्षण दिइएको छ ।

माछापालनलाई प्रोत्साहन गर्ने उद्देश्यले केन्द्रले चितवनको खैरहनी, सिन्धुलीको मरिण र नुवाकोटको ककनीमा मत्स्य घुम्ती शिविर सञ्चालन गरेको छ ।

चितवनको खैरहनीमा आयोजित शिविरमा सुन्दरदीप महिला सहकारी संस्थामा आबद्ध २१ जना कृषकको सहभागिता रहेको थियो । सिन्धुलीको मरिण–४ सहान र नुवाकोटको ककनीमा सञ्चालित मत्स्य घुम्ती शिविरमा सहभागी ६० जना किसानलाई उन्नत जातका माछा पाल्नेबारेमा जानकारी दिँदै पोखरी अवलोकन गरिएको केन्द्र प्रमुख पौडेलले बताइन् ।रासस/फाइल फोटो

वि.सं.२०८१ चैत २४ आइतवार १४:०२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...