back
CTIZAN AD

भारतको मुख्य शेयर सूचकाङ्क खुल्दा तीन प्रतिशतभन्दा बढीले गिरावट

वि.सं.२०८१ चैत २५ सोमवार

699 

shares

मुम्बई । बेन्चमार्क निफ्टी सूचकाङ्क तीन प्रतिशतभन्दा बढी तल झरेका कारण सोमबार खुला कारोबारमा भारतीय सेयरहरूको मूल्यमा गिरावट आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भारतबाट हुने आयातमा २६ प्रतिशत कर लगाएपछि नयाँदिल्लीले भन्सार शुल्क वृद्धिबाट हुने ‘प्रभाव’ र ‘अवसर’ दुवैको परीक्षण गरिरहेको बताएको थियो ।

नेसनल स्टक एक्सचेन्जमा सबैभन्दा ठूला भारतीय कम्पनीहरू प्रस्तुत गर्ने निफ्टी ५० तीन दशमलव ५५ प्रतिशतले घटेको थियो ।

भारतको शक्तिशाली सूचना प्रविधि कम्पनीहरू समावेश भएको निफ्टी आइटी पाँच दशमलव ५३ प्रतिशतले घट्यो । निफ्टी आइटीको सबैभन्दा ठूलो बजार संयुक्त राज्य अमेरिका हो ।

द टाइम्स अफ इन्डियाले सेयर बजारको गिरावटलाई ‘रक्तपात’ भनेको छ ।

भन्सार शुल्क घोषणा भएपछि भारतको वाणिज्य विभागले ‘विभिन्न उपायका प्रभावहरू सावधानीपूर्वक परीक्षण गरिरहेको’ भन्दै एक विज्ञप्तिमा ‘यो नयाँ विकासका कारण उत्पन्न हुनसक्ने अवसरहरू पनि अध्ययन गरिरहेको’ जनाएको छ ।

भारतको औषधि क्षेत्र अमरिकाको पारस्परिक भन्सार शुल्क कदमबाट औषधिहरूलाई छुट दिएर सुरक्षित रह्यो । भारतको औषधि क्षेत्रले सन् २०२४ को आर्थिक वर्षमा संयुक्त राज्य अमेरिकामा आठ अर्ब डलरभन्दा बढी उत्पादनहरू निर्यात गरेको थियो ।

भन्सार शुल्कहरू घोषणा गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘महान मित्र’ रहेको तर उनले ‘हामीलाई सही व्यवहार नगर्नुभएको’ बताएका थिए । एएफपी

वि.सं.२०८१ चैत २५ सोमवार १४:१३ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...