back
CTIZAN AD

वैशाख २२ मा सामूहिक गिरफ्तारी दिन्छौँ : जगमान गुरुङ

वि.सं.२०८१ चैत २७ बुधवार

552 

shares

काठमाडौँ । राजसंस्था पुर्नस्थापनाका लागि गठन भएको जनआन्दोलन समितिका कार्यवहाक संयोजक डा. जगमान गुरुङले वैशाख २२ गतेसम्म सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।

बुधबार काठमाडौँमा समितिले आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा बोल्दै उनले त्यसलाई रोक्न सरकारले चैत १५ गतेको कार्यक्रमपछि जारी भएका वारेन्ट खारेज गर्नुपर्ने र नेता नवराज सुवेदीको नजरबन्द हटाउनुपर्ने सर्त राखेका छन् ।

गुरुङले भने, ‘वैशाख २२ गतेसम्म पनि यो सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रा संयोजकको नजरबन्द हटाएन भने र बन्दी बनाइएका साथीहरुलाई मुक्त बनाइएन भने २२ गते हामी सामूहिक गिरफतारी दिन्छौं, सबैभन्दा पहिले मै हिँड्छु । म ७८ वर्षको सुगर बिरामी माटोको टिका लगाएर मै हिँड्छु । तपाईंहरु को आउनुहुन्छ, आउनुहोस् । २२ गतेको दिनमा सामूहिक गिरफ्तारी दिने ।’

यद्यपि आफूहरुको आन्दोलन भद्र हुने उनको भनाइ छ । ‘आन्दोलनमा हामी ज्यानको माया मारेर अघि बढ्नेछौं,’ गुरुङले भने, ‘हाम्रो आन्दोलन भद्रअवज्ञा हुन्छ ।’

वि.सं.२०८१ चैत २७ बुधवार १६:३४ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...