back
CTIZAN AD

शिक्षक आन्दोलनप्रति सरकार गम्भिर बनोस् – काहुरास्ट नेपाल

वि.सं.२०८१ चैत २८ बिहीवार

2.1K 

shares

काठमाडौँ । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काहुरास्ट) नेपालले केहि दिनयता सडकमा उत्रिएका शिक्षकहरुको मागप्रति सरकार गम्भिर हुनु पर्ने बताएको छ । प्रेस वक्तव्य जारी गर्दै काहुरास्ट नेपालले नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत्र २० गतेदेखि यता विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै निरन्तर गरिरहेको सडक प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष हुकमप्रसाद पोखरेल तथा महासचिव मीना तिवारी घिमिरेद्वारा संयुक्त रुपमा जारी गरिएको उक्त वक्तव्यमा महासंघले भने झैं महासंघ र सरकार बिच यसअघि विद्यालय शिक्षा ऐन पारित गर्ने भनि भएको सहमति कार्यान्वयन गर्नुपर्ने मागका विषयमा सरकार गम्भिर हुन नसकेको उल्लेख गरिएको छ । लामो समयदेखि सडकमा उत्रनु पर्ने अवस्थाका कारण उत्पन्न हुन सक्ने सम्भावित मनोविज्ञान तथा विद्यार्थी, अभिभावक एवम् समग्र शैक्षिक वातावरणमा पर्ने असर समेतमा गम्भिर र जिम्मेवार बन्न सरकारसँग आग्रहसमेत गरिएको छ ।

सरकारले आफू अनुकुलको ऐनहरु अध्यादेशमार्फत जारी गरिरहेको सन्दर्भमा संसदमा रहेको विद्यालय शिक्षा ऐन पारित नगर्नुले सरकारको नियतप्रति प्रश्न उठेको भन्दै अहिलेको अवस्थालाई अरु जटिलतातर्फ जान नदिन सरकारले अविलम्व पहलकदमी लिनु पर्ने पनि बताइएको छ ।

साथै शिक्षक आन्दोलनकै कारण एसईई परीक्षाको नजिता प्रकाशनमा ढिलाई हुने अवस्था सिर्जना भएकोप्रति दुवै पक्ष गम्भिर बन्न र आन्दोलनरत शिक्षकहरुले पनि सरकारले आह्वान गरेको पटकपटकको वार्ता अस्वीकार गरिरहनुभन्दा वार्तामा बस्न र वार्ताबाटै समस्याको समाधान खोज्न पनि काहुरास्टले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

 

 

 

 

वि.सं.२०८१ चैत २८ बिहीवार १५:०८ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...