काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (टियु)का उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले बिहीबार बरालको राजीनामा स्वीकृत गरेका हुन् ।
चैत १५ गते राजीनामा बुझाएका बरालको राजीनामा स्वीकृत भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको हो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० फागुन १० गते बराललाई त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा नियुक्त गरेका थिए ।
वि.सं.२०८१ चैत २८ बिहीवार १६:१० मा प्रकाशित






























