
लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन भएको छ ।
नेपाली खानालाई विश्वभर प्रबद्र्धन गर्ने र नेपाली सेफहरुको पेशागत दक्षतालाई बढाउने उद्देश्यले सोसाईटीको गठन भएको छ ।
कृष्ण थापाको अध्यक्षतामा गठन भएको कार्यसमितिमा रेशम सुनार वरिष्ठ उपाध्यक्ष, यमलाल आचार्य उपाध्यक्ष, यामबहादुर थापा महासचिव, बुद्दी अखेली सचिव, हरि भण्डारी सहसचिव, बिष्णु खत्री कोषाध्यक्ष, बिक्रम सिंह सहकोषाध्यक्ष र जगेश्वर वलि, सुर्यबहादुर रायमाझी, तुल्सीराम भण्डारी ,बिष्णु गिरी र अर्जुन सिंह सदस्य रहेका छन ।
नेपाल प्युठान घर भएका शाखाका अध्यक्ष कृष्ण थापा लेगोसस्थित अन्तर्राष्ट्रिय होटेल म्यारियोटमा प्रमुख सेफको पदमा कार्यरत छन् । नाइजेरियामा विभिन्न होटेल र रेस्टुरेन्टमा गरि पचास भन्दा बढी नेपाली सेफहरु कार्यरत छन् ।
‘नेपाली सेफहरुको ब्यक्तित्व बिकास तथा नेपाली खानाको स्तरोन्नतीको लागि हाम्रो अभियान’ भन्ने उद्देश्य रहेको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अन्तर्राष्ट्रिय रुपमा बिश्वभर नै संगठित हुने क्रममा रहेको छ ।
वि.सं.२०८१ चैत ३० शनिवार १८:३० मा प्रकाशित