back

दाङमा ‘तरङ्ग’ मुक्तक सङ्ग्रहको परिचर्चा

वि.सं.२०८१ चैत ३० शनिवार

462 

shares
GLOBAL IME AD
NTC AD

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत साहित्यकार कपिलकिशोर घिमिरेको मुक्तक सङ्ग्रह तरङ्गको समीक्षा तथा नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्मा प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो।

सो कार्यक्रममा तरङ्ग मुक्तक सङ्ग्रहको समीक्षा साहित्यकार हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ ले गरेका थिए ।

समीक्षक साहित्यकार स्वर्णशिखाले तरङ्गमुक्तक सङ्ग्रहमा रहेका सम्पूर्ण मुक्तकहरू राम्रा रहेका कुरा बताएका थिए ।

राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल, वरिष्ठ साहित्यकार गणेश विषम, राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार उत्तमकृष्ण मजगैँया, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपानेले शुभकामना मन्तव्य दिएका थिए भने मुक्तक सङ्ग्रहका लेखक कपिल किशोर घिमिरेले मुक्तक लेख्दा तथा प्रकाशन गर्दाका अनुभवहरू सुनाएका थिए ।

सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा.टीकाराम उदासी, कोषाध्यक्ष डा. खेमराज मल्ल, राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा ‘समीर’ झिल्का साहित्य समाजका अध्यक्ष वसन्त अनुभव, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का, साहित्यकारहरू यज्ञबहादुर डाँगी, शशिधर भण्डारी, प्रमोद धिताल, यमुना घिमिरे, कुन्दन किशोर घिमिरे, घनश्याम अस्तित्व, एकनारायण चापागाईं, एकराज शर्मा अधिकारी, हरिप्रसाद पाण्डे, नगेन्द्रकुमार आचार्य, चन्द्रप्रकाश देवकोटा, गिरिराज पौडेल,देवेन्द्र कुमार रिजाल महेश कुमार न्यौपाने सुवाष न्यौपाने, दामोदर पौडेल, गिरिप्रसाद पन्थी, शरद गौतम, मधुसुधन गौतम, वीना रोका क्षेत्री नारदप्रसाद भण्डारी, धनसिंह गिरी , खेमराज गाउँले, यशोदा केसी साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो ।

राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ गरिएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए भने संस्थाको तर्फबाट साहित्यकार घिमिरेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

वि.सं.२०८१ चैत ३० शनिवार १८:४६ मा प्रकाशित

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

कविता : प्रेमको जीत

कविता : प्रेमको जीत

लोगबहादुर टमट्टा जानकी गाउँपालिका –३, कैलाली गलत बाटो अपनाउँदा बाँच्न...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. पोल्छ छाती पलपल हरायो भोक निद्रा...

गजल

गजल

सुनिता बराल, काठमाडौं सधैँ एक मान्छे नजरमा थियो निकै दिव्य...

गजल

गजल

रमा खतिवडा,पोखरा जाली भ्रष्ट नेता जिताएर के भो? भाषण मात्र...

गजल

गजल

श्याम माकजू, भक्तपुर गलत सन्धी गर्दा सिमाना फेरिन्छन् भिखारी नेताका...