back
CTIZAN AD

तिला गाउँपालिका अध्यक्षले गरे पारिश्रमिकबाट छात्रवृत्ति प्रदान गर्ने घोषणा

वि.सं.२०७४ जेठ १९ शुक्रवार

1.5K 

shares

tila-gaupalika
२० जेठ, काठमाडौँ । नेकपा ऐमालेबाट जुम्लाको तिला गाउँपालिका प्रमुखमा निर्वाचित भएका रत्न योगीले आफूले पाउने मासिक पारिश्रमिकबाट रु ३००० हजार छात्रवृत्तिका लागि प्रदान गर्ने घोषणा गरेका छन् । पदबहाली कार्यक्रममा बोल्दै योगीले गाउँपालिका प्रमुखका रुपमा आफूले पाउने मासिक पारिश्रमिकबाट मासिक रुपमा रु ३००० कटौती गरि प्रति बर्ष दलित, गरिब र जेहेन्दार तथा बिपन्न बर्गका १२ जना विध्यार्थीलाई रु ३००० का दरले छात्रबृति प्रदान गर्ने घोषणा गरेका हुन् ।

उनले आफूले गर्ने कामहरु जनतालाई पारदर्शी ढंगले सुचना प्रवाह गर्ने बताएका छन् । उनले तिला गाउपालिका प्रमुखको पदबाहली सगै ४ कुरा प्रतिबद्धता पनि गरेका छन् ।
१) जल बिधुतमा लगानि : कम्तिमा पनि ४–५ मेगावाट बिधुत ऊत्पादन गरि समृद्ध तिला गाऊपालिका बनाउने।।
२) सडकमा लगानी : वडा न ६,७,८,९ मा कम्तिमा पनि ट्रक्टर गुड्ने सडक सन्जाल बनाउने।
३) गाऊ बस्तिमा सचारमा पहुच।।
४)  आबासियसहित ट्रेक्निकल स्कुल स्थापना गर्नेछौ।।
साथै अन्य थुप्रै जनपक्षिय कार्यक्रम पनि ल्याउने प्रतिबद्धता गरेका छन् ।

वि.सं.२०७४ जेठ १९ शुक्रवार ०७:०० मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...