back

पैङ्क केन्द्रबिन्दु भएर भूकम्प

वि.सं.२०८२ वैशाख २ मंगलवार

297 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो ।

कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन । केन्द्रका अनुसार गत चैत २१ गते साँझ (८.०७) र (८.१०) सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प पाँच दशमलव दुई र दोस्रो भूकम्प पाँच दशमलव पाँच म्याग्निच्युडका थिए । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।

यस्तै, गत चैत २० गते दार्चुलामा चार म्याग्निच्युडको भूकम्प गएको थियो । गत चैत १२ गते हुम्लालाई केन्द्रबिन्दु बनाएर चार दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

वि.सं.२०८२ वैशाख २ मंगलवार ०७:१९ मा प्रकाशित

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

दोधारा चाँदनी (कञ्चनपुर) । पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने...

शिक्षक आन्दोलनका कारण भर्ना अभियान प्रभावित

शिक्षक आन्दोलनका कारण भर्ना अभियान प्रभावित

दोधारा चाँदनी (कञ्चनपुर) । शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना...

बजेट अभावले खानेपानी आयोजना वर्षौंदेखि अलपत्र

बजेट अभावले खानेपानी आयोजना वर्षौंदेखि अलपत्र

गोदावरी (कैलाली) । बजेट अभावका कारण कैलाली र कञ्चनपुरमा सञ्चालित...

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

मान्म (कालीकोट) । जिल्ला कारागार कालीकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै...

वर्षासँगै परेको असिनाले गहुँबाली र तरकारीमा क्षति

वर्षासँगै परेको असिनाले गहुँबाली र तरकारीमा क्षति

बैतडी । वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा...

रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट

रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट

त्रिवेणी (रुकुम पश्चिम) । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पछिल्लो...