back
CTIZAN AD

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

वि.सं.२०८२ वैशाख २ मंगलवार

1.3K 

shares

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२ को शुभकामना कार्यक्रम आयोजना गर्दै कल्याणकारी कोषको स्थापना गरेको छ ।

संसार भर एनआरएनए अभियान बिवादमा अल्झिरहँदा एनआरएनए नाइजेरियाले भने आपत विपदमा पर्ने नेपालीहरु, नेपालमा प्राकृतिक विपत्तिमा र कल्याणकारी योजनाहरुका लागि सहयोग गर्न स्थायी प्रकृतिको कल्याणकारी कोष स्थापना गरेको हो ।

नयाँ बर्षको शुभकामना आदान–प्रदान को लागि लेगोसमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सोमेश अर्यालले आफ्नो तर्फबाट एक मिलियन नाइजेरियन नायरा ( युएस डलर ६६७) को सहयोग घोषणा गर्दै उक्त कोष स्थापना गर्न सबैलाई सहयोग गर्न आह्वान गरेका थिए ।

कार्यक्रममा हिक्मत थापा, चिरञ्जीवी रोका, बिश्वास पौडेल, कर्णेल हेमन्त राणाले जनही एक मिलियन नायरा ( युएसडलर ६६७ जनही), भरत रिजाल ८ लाख नायरा (५३३ डलर ), दिलीप जैसी ५०० डलर, बिदुर घिमिरे ३०० डलर र सुरज गिरीले ३०० डलर र प्रेम रोकाले पाँच लाख नायरा (३३३ डलर) सहयोग गरेका छन । सहयोग जम्मा गर्ने अभियान संघले जारी राखेको छ ।

सन २००८ मा स्थापना भएको एनआरएनए नाइजेरियाले बिगतमा चितवन धरान , खोटाङ , मकवानपुर , रसुवा र कैलालीमा बिद्यालयका पुस्तकालय, प्रयोगशाला, छात्रवास भवनका निर्माण अतिरिक्त नेपालमा भुकम्प, बाढी पहिरो आदि बिपतमा सहयोग गर्दै आएको थियो ।

त्यसैगरी मानव तस्करहरु द्वारा अफ्रिकामा अलपत्र पारिने पीडित नेपालीको घर फिर्ती र राहतका लागि सहयोग गर्दै आएको छ । संघले अफ्रिकाका अन्य एनसीसीहरु संग मिलेर कोभिडकालमा नेपालका थुप्रै दुरदराजका अस्पतालमाहरुमा अक्सिजन सिलिन्डरहरु र अन्य स्वास्थ्य सामाग्री समेत सहयोग पुर्याएको थियो ।

वि.सं.२०८२ वैशाख २ मंगलवार १५:५९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...