back

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

वि.सं.२०८२ वैशाख २ मंगलवार

432 

shares
GLOBAL IME AD
NTC AD

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२ को शुभकामना कार्यक्रम आयोजना गर्दै कल्याणकारी कोषको स्थापना गरेको छ ।

संसार भर एनआरएनए अभियान बिवादमा अल्झिरहँदा एनआरएनए नाइजेरियाले भने आपत विपदमा पर्ने नेपालीहरु, नेपालमा प्राकृतिक विपत्तिमा र कल्याणकारी योजनाहरुका लागि सहयोग गर्न स्थायी प्रकृतिको कल्याणकारी कोष स्थापना गरेको हो ।

नयाँ बर्षको शुभकामना आदान–प्रदान को लागि लेगोसमा आयोजित कार्यक्रममा संघका अध्यक्ष सोमेश अर्यालले आफ्नो तर्फबाट एक मिलियन नाइजेरियन नायरा ( युएस डलर ६६७) को सहयोग घोषणा गर्दै उक्त कोष स्थापना गर्न सबैलाई सहयोग गर्न आह्वान गरेका थिए ।

कार्यक्रममा हिक्मत थापा, चिरञ्जीवी रोका, बिश्वास पौडेल, कर्णेल हेमन्त राणाले जनही एक मिलियन नायरा ( युएसडलर ६६७ जनही), भरत रिजाल ८ लाख नायरा (५३३ डलर ), दिलीप जैसी ५०० डलर, बिदुर घिमिरे ३०० डलर र सुरज गिरीले ३०० डलर र प्रेम रोकाले पाँच लाख नायरा (३३३ डलर) सहयोग गरेका छन । सहयोग जम्मा गर्ने अभियान संघले जारी राखेको छ ।

सन २००८ मा स्थापना भएको एनआरएनए नाइजेरियाले बिगतमा चितवन धरान , खोटाङ , मकवानपुर , रसुवा र कैलालीमा बिद्यालयका पुस्तकालय, प्रयोगशाला, छात्रवास भवनका निर्माण अतिरिक्त नेपालमा भुकम्प, बाढी पहिरो आदि बिपतमा सहयोग गर्दै आएको थियो ।

त्यसैगरी मानव तस्करहरु द्वारा अफ्रिकामा अलपत्र पारिने पीडित नेपालीको घर फिर्ती र राहतका लागि सहयोग गर्दै आएको छ । संघले अफ्रिकाका अन्य एनसीसीहरु संग मिलेर कोभिडकालमा नेपालका थुप्रै दुरदराजका अस्पतालमाहरुमा अक्सिजन सिलिन्डरहरु र अन्य स्वास्थ्य सामाग्री समेत सहयोग पुर्याएको थियो ।

 

वि.सं.२०८२ वैशाख २ मंगलवार १५:५९ मा प्रकाशित

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

एक युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

दिपायल (डोटी) । सिकार खेल्न गएका एक जनाको गोली लागेर...

आज देशका अधिकांश भागमा मौसम सफा रहने

आज देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको...

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ...

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै

ताप्लेजुङ । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा...

आगलागीमा ६० लाख बराबरको क्षति

आगलागीमा ६० लाख बराबरको क्षति

इनरुवा (सुनसरी) । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा...